काठमाडौं– बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न विषयसँग सम्बन्धित ५ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले जन्ममिति विवादमा परेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ।
त्यस्तै, विद्युतीय सुशासन आयोगको सदस्यमा पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद् बैठकले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु:
१) विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने।
२) प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने।
३) सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्धितीय श्रेणी सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा विश्लेषक।
४) नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्साइ आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने।
५) उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।