• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

टीकापुर घटनाका प्रतिवादीको माफीविरुद्ध दायर भएको दोस्रो रिटमा बिहीबार सुनुवाइ हुँदै

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ७, २०८०  ११:१७
1140x725

काठमाडौं– टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहका अदालतबाट दोषी ठहर भएर पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाएकाहरु विरुद्धको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ। कैद माफीविरुद्ध दायर भएको रिट निवेदनमा सुनुवाइका लागि बिहीबारलाई पेसी तोकिएको छ। 

टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहराकी श्रीमती शारदा कडायत बोहराले दर्ता गराएको दोस्रो निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको हो। 

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा पेसी तोकिएको छ। मुद्दा क्रमसंख्याअनुसार ‘ग’ नम्वरमा पेसी रहेको छ। बोहराले कात्तिक २१ गते दोस्रो निवेदन दर्ता गराएकी थिइन्।  

टीकापुर हत्याकाण्डको मुद्दाका अभियुक्त रेशम चौधरीको कैद माफीविरुद्ध यसअघि बोहराले नै दायर गरेको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ। उक्त निवेदनमा कात्तिक २३ गतेका लागि पेसी रहे पनि अदालतकै स्थगितको सूचीमा परेको थियो। उक्त निवेदनमा सुनुवाइ नभएपछि कडायतले सर्वोच्चमा पूरक निवेदन दर्ता गरेकी हुन्। 

उनको पहिलो निवेदनमा सुनुवाइका लागि पुस १६ गतेलाई पेसी तोकिएको छ। आज हुने सुनुवाइले दुवै मुद्दालाई साथै राखेर सुनुवाइ पनि गर्न सक्छ। 

पूरक निवेदनमा बोहराले रेशम चौधरी कैद माफी पाएर पुनः राजनीतिमा सक्रिय भएको विषय उल्लेख गरेकी छन्। साथै हालै बाँकेका रिगल भनिने योगराज ढकालको कैद माफीका विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई पनि उनले आफ्नो निवेदनमा आधार मानेकी छन्।  

चौधरीलाई माफी दिनेबारे आफूसहितका पीडित परिवारलाई कुनै पनि कुरा जानकारी नै नभएको भन्दै माफीको निर्णय बदर हुनुपर्ने माग निवेदनमा गरिएको छ। 

बोहराको अघिल्लो रिट निवेदनलाई सुनुवाइका लागि अग्राधिकार दिएको छ। बोहराले आफ्नो पूरक निवेदनलाई पनि अग्राधिकारसहित संयुक्त रुपमा सुनुवाइ गर्न माग गरेकी छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

टीकापुर हत्याकाण्डमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाउँदै जेलमुक्त भएका थिए। रेशमलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उच्च अदालत र सर्वोच्च अदालतबाट समेत सदर भएको थियो। 

सर्वोच्च अदालतले समेत दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरे पनि सरकारले उनलाई कैद माफी दिने निर्णय गर्दै माफीका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। उनलाई कैद माफी दिने निर्णय पीडितको भावना तथा कानुन विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।  

उक्त रिटमा पहिलो सुनुवाइ जेठ २३ गते भएको थियो। न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सुनुवाइ गर्दै सरकार, राष्ट्रपति कार्यालय र गृह मन्त्रालयसमेतका विपक्षीहरुसँग रेशमको रिहाईबारे लिखित जवाफ माग गरेको थियो।  

अदालतको आदेशानुसार सबै विपक्षीबाट लिखित जवाफ पेस भएको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतले माफीको बचाउ गर्दै जवाफ पेस गरिसकेका छन्।


*यसअघि समाचारमा उल्लेख भएका केही विषय असम्बन्धित भएकाले हटाइएको छ– सम्पादक 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ)
विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग
स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता
सम्बन्धित सामग्री
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ) प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५।५... सोमबार, असार १, २०८३
विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सीमामा लड्ने नेपालीलाई पोषण र पोशाकमा पनि बजेट छुट्याउनु पर्ने बताए । सोमबार, असार १, २०८३
स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।  उनका अनुसार जर्मन सरक... सोमबार, असार १, २०८३
ताजा समाचारसबै
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग सोमबार, असार १, २०८३
स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता सोमबार, असार १, २०८३
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति सोमबार, असार १, २०८३
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्