काठमाडौं– नेपाल समाजवादी पार्टी(नेसपा)ले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाएको छ।
बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्न समिति बनाउने निर्णय गरेको हो ।
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने छन्।
यस्तै बैठकले संगठन निर्माण, सुदृढीकरण गर्न यसअघि सञ्चालन भएको अभियान तीन महिना थपेको छ। वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।