काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन्।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले क्षति पुगेको भवनको रेक्ट्रो फिटिङ गरेपछि प्रधानमन्त्री प्रचण्ड बुधबार नयाँ कार्यालयमा सरेका हुन्। त्यसलाई पुनर्निर्माण गरी तयारी भएपछि उनले वुधबार उद्घाटन गरेका थिए।
![PM_Prachanda_new_office--(2)-1700641130.png](https://nepallive.net/uploads/posts/PM_Prachanda_new_office--(2)-1700641130.png?timestamp=1700641147713)
नयाँ कार्यालयमा रहेको आफ्नो कुर्सीमा बस्दै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले अब नयाँ सुरुवात हुने दाबी गरे। उनले नयाँ सुरुवातले नयाँ गति लिने समेत विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरी पूरा भएकोमा आफूलाई खुसी लागेको पनि बताए। ‘अब नयाँ भवनमा सरेपछि नयाँ उत्साह पनि पलाएको छ,’ उनले भने, ‘अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ।’
![PM_Prachanda_new_office--(1)-1700641132.jpg](https://nepallive.net/uploads/posts/PM_Prachanda_new_office--(1)-1700641132.jpg?timestamp=1700641147713)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।