• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संक्रमणकालीन न्याय

बालुवाटारमा तीन दलका नेताको छलफलप्रति पीडितको टिप्पणी- १७ वर्षदेखि यही चलिरहेको छ

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ७, २०८०  ०६:४२
1140x725

काठमाडौं- सोमबार विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएर १८ वर्ष लाग्यो। यी १८ वर्षमा दलका नेता र दल सधैं सत्तामा जाने अनि बाहिर हुने क्रम चलिरह्यो। तर तत्कालीन समयमा ६० दिन भित्र र ६ महिना भित्र पूरा गर्ने भनिएको काम अब टुङ्गोमा पुर्‍याउने सहमति नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका बीचमा भएको छ।

सोमबार साँझा बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा भेला भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा छलफलपछि शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंग्याउने सहमति भएको दाबी गरिएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबारको भेटमा तीन दलका शीर्ष नेताका बीचमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र आउँदो हिउँदे अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयक पारित गर्ने सहमति भएको बताए। 

तर, यो सहमति भने नयाँ नभएको संक्रणकालीन न्यायका जानकार र पीडितहरुले टिप्पणी गरेका छन्।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नेमध्येका एक मात्र जीवित रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो प्रक्रिया लामो समयसम्म अल्झेको स्वीकार गर्दै समाधान हुने दावी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा गर्ने गरेका छन्। उनले आफू सरकारमा रहेको समयमा यो प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन चाहेको आफू निकट नेताहरुलाई सेयर गर्ने गरेका छन्। द्वन्द्वकालमा भएका मानवअधिकार हननका घटनाहरुले लामो समयसम्म आफ्नो दल र आफूलाई अन्तर्राष्ट्रिय रुपमा र नेपाल भित्र पनि अफ्ठ्यारो पार्न सक्ने देखेका कारण उनले ऐन संशोधन अघि बढाएका थिए। 

ऐन संशोधन विधेयक संघीय संसदको मानवअधिकार समितिमा पुगेको छ। उपसमितिले छलफल गरेर प्रतिवेदन दिएको र केही विषय मात्र मिल्न बाँकी भएका कारण केही समयदेखि प्रधानमन्त्रीले शीर्ष तहमा छलफल थालेका थिए। दशैं र तिहार बिदा भएका कारण उक्त छलफल सुस्ताएको अब समितिको बैठक बसी विधेयक अघि बढ्ने प्रधानमन्त्री सचिवालयको दाबी छ। 

पीडितको टिप्पणी- १७ वर्षदेखि यही चलिरहेको छ 
पीडित एवं अधिकारकर्मीहरु भने तीन दलका शीर्ष नेताहरुका बीचमा भएको सहमतिले उत्साही छैनन्। विगत १७ वर्षदेखि दलहरुले यसैगरी शान्ति प्रक्रिया र बाँकी काम तत्काल टुंग्याउन सहमत भएको प्रचार गर्ने तर विधेयक र आयोग भने अघि नबढ्ने देखिएको पीडितहरुको टिप्पणी छ। पीडितहरुले दलका बीचमा आयोगमा भागबन्डा गर्ने सहमति हुने तर संक्रणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुर्‍याउँदै मानवअधिकार हननमा संलग्नहरुमाथि कारबाही गर्ने काम भने नगर्ने उनीहरुको दाबी छ। 

द्वन्द्वपीडितहरुको संस्था साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले विगत १७ वर्षदेखि यस्तै र यही रुपमा छलफल र सहमति भएको सुन्दै आएकाले अहिले पनि धेरै उत्साही हुन आवश्यक नभएको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

साझा चौतारीका महासचिव जनक राउतले न्याय दिनेभन्दा पनि द्वन्द्वपीडित र अन्तर्राष्ट्रिय समुदायलाई अलमल्याउने रुपमा दलीय सहमति हुने गरेको विगत रहेको कारण आफूहरु ढुक्क नभएको बताए। उनले यदि दलहरु साँच्चै यो प्रक्रिया टुङ्गोमै पुर्‍याउन तयार हो भने पीडितहरुलाई खुला छलफलमा राखेर ऐन संशोधन गरी आयोग सहमतिमा गठन गर्नुपर्ने उनले बताए। 

सरकारले विगतमा २ पटक संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गोमा पुर्‍याउने भन्दै दुई वटा आयोग गठन गरी पदाधिकारी समेत नियुक्ति गरेको थियो। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमार्फत उजुरी समेत संकलन भयो। सत्य निरुपण आयोगमा करिब ५७ हजार उजुरी छन् भने बेपत्ता पारिएका व्यक्तिहरुको आयोगका २८ सय उजुरी दर्ता भएका छन्।

ती उजुरीमाथि प्रारम्भिक अनुसन्धान पनि सुरु भयो। तर सरकारले त्यसका लागि सहयोग गरेन। सरकारले कानुन पनि दिएन भने जनशक्ति पनि पर्याप्त दिएन। सरकारले नै चासो नदिएपछि आयोगका पदाधिकारीहरुले आफ्नो कार्यकाल रहेसम्म काम गरे अनि प्रतिवेदन बुझाउँदै बाहिरिए। अहिले दुवै आयोग कर्मचारीको भरमा छ। सरकारले आयोगको म्याद त थप्ने गरेको छ तर पदाधिकारी भने नियुक्त गर्न सकेको छैन।

अहिलेको सरकारले विधेयक पारित गरेर ऐन बनेपछि पुन: आयोगमा पदाधिकारी नियुक्ति गर्ने सोच बनाएको देखिन्छ। अहिलेको संशोधन विधेयकमा विगतका धेरै कुरा समेटिएका छन्। परिपुरण, विशेष अदालत गठन र आयोगको पदावधि ४ वर्षसम्म हुने कुरा अहिलेको विधेयकमा राखिएको छ। त्यस्तै विधेयकले गम्भीर मानवअधिकार हनन र मानवअधिकार हनन भनी दुई वर्गमा विभाजन गरेर अनुसन्धान गर्ने बाटो पनि खोलेको छ। तर यो विधेयक संसदीय समितिमै रोकिएको छ। यो विधेयक प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा लिनेछ। त्यसका लागि दलहरुका बीचमा सहमति हुन जरुरी छ।

दलहरुका बीचमा सहमति भएमा हिउँदे अधिवेशनको सुरुमै यो विधेयक पारित हुन सक्ने देखिन्छ। तर एमाले यसका लागि विगतमा तयार नभएको आरोप सत्ता पक्षको छ। एमले भने मानवअधिकार हननमा संलग्नहरुलाई सहयोग गर्ने गरी कानुन बनाउने पक्षमा नभएको भन्दै आएको छ। यही कारण दलहरुका बीचमा कुरा मिल्न सकेको छैन। दलहरुबीच रहेको यही दूरी मेटाएर विधेयक अघि बढाउनका लागि मंगलबार शीर्ष नेताबीच छलफल भएको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ)
विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग
स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता
सम्बन्धित सामग्री
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ) प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५।५... सोमबार, असार १, २०८३
विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सीमामा लड्ने नेपालीलाई पोषण र पोशाकमा पनि बजेट छुट्याउनु पर्ने बताए । सोमबार, असार १, २०८३
स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।  उनका अनुसार जर्मन सरक... सोमबार, असार १, २०८३
ताजा समाचारसबै
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग सोमबार, असार १, २०८३
स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता सोमबार, असार १, २०८३
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति सोमबार, असार १, २०८३
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्