काठमाडौं – अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड)का २,२०० कर्मचारीलाई प्रशासनिक बिदामा राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा अदालतले अल्पकालीन रोक लगाएको छ ।
न्यायाधीश कार्ल निकोल्सले शुक्रबार आदेश जारी गर्दै ट्रम्प प्रशासनलाई कर्मचारीलाई अनिश्चितकालीन बिदामा पठाउने वा हटाउने योजना तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
यूएसएड कर्मचारीहरूको तर्फबाट दुई श्रमिक समूहले बिहीबार अदालतमा मुद्दा दायर गरेका थिए । न्यायाधीश निकोल्सको आदेश यो मुद्दाको निरुपण नभएसम्म लागू हुने सीएनएनले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।