• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शान्ति सम्झौताको १७ वर्ष : माओवादी ‘सधैं’ सरकारमा!

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ५, २०८०  २०:००
1140x725

काठमाडौं- गतवर्ष पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए। यो उनको तेस्रो कार्यकाल हो। माओवादी नेतृत्वमा गठन भएको यो चौथो सरकार हो। माओवादी समेतको नेतृत्व वा सहभागितामा बनेको दशौं सरकार हो।

२०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतासँगै माओवादीको संसद् र सरकार यात्रा सुरु भएको हो। सोही वर्ष माघ १ मा गठित अन्तरिम व्यवस्थापिकामा उसको सहभागिता रह्यो। साथै, चैत १८ गते गठित अन्तरिम सरकारमा सहभागी भयो। त्यसयता गठित १४ मध्ये दश सरकारमा उसको सहभागिता छ।

पछिल्ला वर्षमा त सरकार गठनको प्रयत्नमा माओवादीको संलग्नता अनिवार्य जस्तै हुँदै आएको छ। २०७८ वैशाख अन्तिममा केही हप्ताका लागि गठित केपी ओली नेतृत्वको सरकारलाई छाड्ने हो भने, २०७२ असोजयताका आठ वर्ष ऊ निरन्तर सत्तामै छ। त्यसअघि माधवकुमार नेपाल, खिलराज रेग्मी र सुशील कोइरालाको नेतृत्वमा गठित सरकारमा मात्रै ऊ सहभागी थिएन।

संघीय सरकारमा मात्रै होइन, २०७४ को निर्वाचनपछि गठन हुन थालेको प्रदेश सरकारमा पनि माओवादीको संलग्नता अनिवार्य जस्तो हुँदै आएको छ। ६ वर्षको अवधिमा सात प्रदेशमा गठित २८ सरकारमध्ये प्रायजसोमा माओवादी केन्द्रको संलग्नता छ। जसले गर्दा माओवादी केन्द्र संघदेखि प्रदेशसम्म मन्त्री उत्पादन कारखाना जस्तो बन्न थालेको छ।

२०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो। त्यसैले संविधानसभाको सो कार्यकालमा सरकारको नेतृत्वका लागि उसको दाबी सधैं स्वाभाविक रहिरह्यो। त्यसपछि २०७०, २०७४ र २०७९ मा सम्पन्न संविधानसभा/प्रतिनिधि सभा निर्वाचनमा भने ऊ तेस्रो पार्टी बनेको छ। तेस्रो पार्टी भएकाले माओवादीको संलग्नतासहितको सरकार गठन पनि बाध्यता जस्तै भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा सरकारमा सहभागी हुनुका अन्य धेरै कारणमध्ये, शान्ति प्रक्रियाका कामलाई टुंग्याउन सहज होस् भन्ने चाहना पनि प्रमुख रहेको बताउँछन्। ‘सरकारमा सहभागिताको मुख्य कारण मध्ये त्यो (शान्ति प्रक्रियाका कामहरू जस्तै- सेना समायोजन, संक्रमणकालीन न्याय) पनि सर्वप्रमुख कारण हो’, उनले भने।

सत्ता राजनीतिमा पोख्त हुँदै गएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा पुग्न पनि सजिलो हुँदै आएको छ। पहिलो र दोस्रो हुने गरेका कांग्रेस र एमालेले एक अर्काको सत्ता-यात्रा रोक्न गर्ने प्रयत्न र त्यहीँ आफ्नो हित सुरक्षित गर्न सक्ने प्रचण्डको अतिरिक्त क्षमताको लाभ उनलाई पुगिरहेको छ। अर्कोतिर, आफ्नो सत्ता-यात्रा सम्भव हुन्छ भने जुनसुकै बेला, जतिसुकै तिक्त सम्बन्धको व्यक्तिसँग पनि सहजै संवाद गर्न सक्ने प्रचण्डको स्वभावले पनि सफलता दिलाएको छ।

लचकताले प्रचण्डलाई सफलता

त्यसो त माओवादीले युद्धकालका घटनाबाट आफूलाई पर्ने अप्ठ्यारोबाट जोगिने एउटा उपायका रुपमा सरकारमा सहभागितालाई प्राथमिकता दिँदै आएको छ। आफूहरूलाई हेग लैजाने तयारी गरिएको, हत्या गर्ने सूचना पाएको जस्ता प्रसंग माओवादी नेतृत्वले दोहोर्‍याउने गरेको छ। जसले उनीहरूमा व्याप्त डर र सरकारमा रहनुपर्ने बाध्यता एकसाथ उजागर गर्छ। प्रधानमन्त्री रहेकै बेलामा बाबुराम भट्टराईले पार्टीको हेटौंडा महाधिवेशनको बन्द सत्रमा भनेका थिए– ‘हामी सरकारमा नभएको भए हेग लानेसम्मको तयारी गरिएको थियो। सरकारमा रहेर प्रतिक्रान्तिलाई रोकेका छौं।’

जे जस्ता तर्क गरेर सरकारमा सहभागी हुने गरेको भए पनि आफ्नो वाचा पूरा गर्‍यौं भन्ने स्थितिमा सो पार्टी छैन। जनयुद्धकालमा व्यक्त गरिएका सपना र चुनावी प्रतिबद्धताको त कुरै छाडौं, सरकारको नियमित कामकारबाही प्रभावकारी हुन नसकेको भनेर आलोचना हुने गरेको छ। यद्यपि, यो असफलता सबै जसो सरकारको साझा नियति रहिआएको छ।

सरकारमा गइरहँदा माओवादी केन्द्रलाई लाभ पुगेको देखिए पनि पार्टी भने कमजोर हुँदै गएको निर्वाचन परिणामहरूले पुष्टि गर्छ। पछिल्लो दुई निर्वाचनमा दुई फरक किसिमका शक्तिसँग गठबन्धन गरेर सदनमा सम्मानजनक उपस्थिति देखिएको भए पनि समानुपातिकतर्फको मतले उसको घट्दो लोकप्रियतालाई उजागर गरेकै छ। त्यसैले पनि निरन्तर सत्तामा रहेर पनि उसले जनताको मन जित्न नसकेको देखिन्छ। यो अनुभूति भएको तर्कसहित अहिले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाएको छ।

‘जनतासँगको हाम्रो सम्बन्ध पातलो भयो। त्यसैले जनताका गुनासा र भनाइ सुन्नुपर्छ, कतिपय सन्दर्भमा जनताका आलोचनालाई पनि स्वागत गर्नुपर्छ भनेर हामीले अभियान पनि थालेका छौं', सापकोटा भन्छन्, ‘यो अभियानलाई हामीले पार्टीको पनि रुपान्तरण, राज्यको पनि रुपान्तरण र स्वयं आन्दोलनको पनि रुपान्तरण हो भनेका छौं। त्यो भनेको त समीक्षासहितको विषय हो नि त।’

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु
चीनमा अमेरिकी राष्ट्रपति: ट्रम्प ले गरे सीको प्रशंसा, तपाईं मेरो राम्रो साथी र एक महान नेता हो
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहान ९:३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ । बिहीबार, वैशाख ३१, २०८३
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जि... बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु बिहीबार, वैशाख ३१, २०८३
चीनमा अमेरिकी राष्ट्रपति: ट्रम्प ले गरे सीको प्रशंसा, तपाईं मेरो राम्रो साथी र एक महान नेता हो बिहीबार, वैशाख ३१, २०८३
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण, क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण बिहीबार, वैशाख ३१, २०८३
बिपी राजमार्ग तथा हिल्सा-सिमकोट सडक खण्ड बन्द बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ? बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्