काठमाडौं– न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले चार उच्च अदालतका न्यायाधीश र दुई कानुन व्यवसायी गरी ६ जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेमा महेश शर्मा पौडेल, शारंगा सुवेदी, टेकप्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान र कानुन व्यवसायीवाट वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन्। उनीहरुको नाम अब संसदीय सुनुवाइका लागि पठाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।