काठमाडौं– अर्थतन्त्र चलायमान बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन्। प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) दिउँसो २ बजे निजी क्षेत्रका प्रतिनिधिहरुलाई छलफलका लागि सिंहदरबार बोलाएका छन्।
प्रधानमन्त्री प्रचण्ड र निजी क्षेत्रका प्रतिनिधिबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ। प्रधानमन्त्री प्रचण्डले आफ्नो ११ महिने कार्यकालमा अर्थतन्त्रमा देखिएको समस्या तथा सुधार, सुधार प्रयासको प्रतिफल लगायतबारे निजी क्षेत्रका प्रतिनिधिको राय बुझ्न लागेका हुन्।
प्रधानमन्त्री अर्थतन्त्र चलायमान बनाउने विषयमा नै सोमबार सरकारी अधिकारी र विज्ञहरुसँग छलफल गरेका थिए। सोमबार प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग तथा विकासे मन्त्रालयका मन्त्री, सचिव तथा अन्य पदाधिकारीहरुसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।