काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्।
-1700407328.jpg?timestamp=1700407339800)
पूजास्थलमा पुगी राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गरे। राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरे।
-1700407328.jpg?timestamp=1700407355001)
गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आरधना गरेका थिए। राष्ट्रपति पौडेल गुह्वेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी , काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष आशामान संगत,छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।
-1700407327.jpg?timestamp=1700407370939)
उनी कमलपोखरीको पूजास्थल पुग्दा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।
-1700407326.jpg?timestamp=1700407385259)
-1700407325.jpg?timestamp=1700407385259)
-1700407325.jpg?timestamp=1700407385259)
-1700407325.jpg?timestamp=1700407385259)
-1700407324.jpg?timestamp=1700407385259)
-1700407324.jpg?timestamp=1700407385259)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।