काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जलवायु परिवर्तनको असर कम गर्न कोप- २८ सहयोगी हुने अपेक्षा व्यक्त गरेका छन्।
शनिबार खुम्बु क्षेत्रको कालापत्थरमा शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर्दै उनले कोप- २८ मा नेपालको विषयमा, नेपालको हिमालको संरक्षण गर्नका निम्ति, जलवायु परिवर्तनका असर कम गर्नका निम्ति ठूलो सहयोग हुने अपेक्षा व्यक्त गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनिय गुटेरेसले सो क्षेत्रको अवलोकन गरेको र जलवायु परिवर्तनको नकारात्मक असरलाई प्रत्यक्ष देखेको स्मरण पनि गरे।
संयुक्त राष्ट्रसंघले जलवायुबारे छलफल गर्न आयोजना गर्ने वार्षिक बैठकको २८औँ संस्करण (कोप- २८) आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म दुबईमा हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।