काठमाडौं– सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट गरेको टिकटक प्रतिबन्धको निर्णयले यतिबेला चर्चा पाइरहेको छ।
सबैतिर सरकारको यो कदमको आलोचना भइरहेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, मानवअधिका र अभिव्यक्ति स्वतन्त्रताको ध्वाँस दिनेहरुबाटै टिकटकमाथि प्रतिबन्ध लगाइएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला ध्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो।’
अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको तर प्रतिबन्ध भने स्वीकार गर्न नसकिने बताएका छन्।
उनले अघि भनेका छन्, ‘कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्नँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।