काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले शर्ट फर्म भिडियो होस्टिङ प्लेटफर्म टिकटक बन्द गर्ने निर्णय गरेर उचित नगरेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया राख्दै उनले अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्रै प्रयोग भएको छ वा हुन्छ भन्ने कुरामा सत्यता नभएको बताएका छन्।
यस्तै उनले पहिले नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर अहिले नियमनका नाममा छनोटमा आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताएका छन्।
कन्टेन आधारित नियमनले नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएकाले यसतर्फ ध्यान दिन सरकारलाई सुझावसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।