• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यसपालिको तिहार, छैन फूलको व्यापार

64x64
निमेषजंग राई आइतबार, कात्तिक २६, २०८०  १८:४२
1140x725

काठमाडौं– ललितपुरको लेलेबाट डोकोमा फूल बोकेर प्रमिला पन्थ आइतबार बिहानै काठमाडौंको बसन्तपुर पुगेकी थिइन्। विशाल बजार अगाडि, फुटपाथ छेउमा डोको खोलेर फूलका माला सजाउन मात्रै लागेकी थिइन्, नगर प्रहरीले सिटी फुक्यो। 

‘तपाईंहरु यहाँ फूल नबेच्नोस् है। फेरि उठाएर लैजान्छौं नि हामी,’ १ जना नगर प्रहरी बोले। काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा फूल बिक्रीका लागि भनेर ठाउँ–ठाउँमा छुट्टै स्थान तोकेको थियो। महानगरले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा स्वदेशमा उत्पादित फूल बेच्न भनेर ठाउँको व्यवस्था गरेको थियो। 

तर, पन्थीलाई महानगरले गरेको ‘व्यवस्थापन’बारे थाहा रहेनछ। 

‘पोर–परार सधै‌ँ यहिँ राखेर फूल बेचको हुँ। यसपाला आएर बेच्न भन्दैन मिल्छ? बाहिरैसम्मै लाइन छ भन्छन्। तपाईंहरुले हामीलाई खेद्ने। बरु यो फूल लगेर फालिदिनुहोस्,’ उनी नगर प्रहरीसँग झोक्किइन्। 

उनी झोक्किए पनि नगर प्रहरीले मानेनन्। अन्तत: उनी डोको बोकेर त्यहाँबाट हिँडिन्। 

भक्तपुरको नगरकोटबाट फूलको डोको बोकेर काठमाडौंको असन पुगेकी सुकमाया तामाङले पनि फूल बेच्न पाइनन्। बिहान ८ बजेसम्म असनमा फूल बेच्न पाइन्छ भनेर ६ बजेतिर नै त्यहाँ पुगेकी उनी ग्राहक नपाएर बेखुस थिइन्। 

Phool_Bikri_Kathmandu_6-1699793688.jpg

‘गतवर्ष बारीबाटै फूल बिकेको थियो। यसपटक माला समेत उनेर यहाँ (असन) ल्यायौं। यहाँ त मोल गर्न ग्राहक नै आउँदैनन्,’ असनमा भेटिएकी सुकमायाले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सुकमायाका अनुसार अघिल्लो वर्ष १ डोको फूल बेच्दा ६ हजार रुपैयाँसम्म आम्दानी भएको थियो। तर, यसपटक भने उनले फूल किन्ने ग्राहक नै नभेटेको सुनाइन्। 

‘असनमा बेच्न दिन्छ भनेको सुनेको थिएँ। तर यहाँ बेच्न दिएन। अन्त अब कहाँ मान्छे होलान् र जानु? यसपटक त फूल नबिक्ने भए,’ लक्ष्मी पूजाको दिनको बिहान आफ्ना फूल नबिक्दाको पीडा सुनाइन सुकमायाले। 

पोहोर सालको व्यापार हेरेर यस वर्ष अरु जग्गा पनि भाडामा लिएर फूल खेती गरेकी उनी लगानी समेत नउठ्ने पिरमा छन्। ‘यही तरिकाको व्यापार हुने हो भने त फूलेका फूल बारीमै ओइलाउने भए,’ सुकमायाले सुनाइन्। 

Phool_Bikri_Kathmandu_9-1699793689.jpg

Xtrem

Xtrem

भक्तपुरको गुण्डुबाट फूलका माला बेच्न काठमाडौंको भृकुटीमण्डप पुगेका रामशरण तामाङले पनि फूल नबिकेको पीडा सुनाए। अघिल्ला वर्ष विदेशमा समेत मखमली फूलका माला पठाउने उनी यसपटक भने आफैं डोको बोकेर फूल बेच्न सडकमा पुगेका छन्। 

‘गुण्डुका मान्छेले अघिल्ला वर्ष त बारीमै फूल बेच्थ्यौं। हाम्रोमा फूलेका मखमली फूल दशैंदेखि नै विदेश निर्यात हुन्थ्यो। व्यापारीहरु बारीमै आएर फूल लिन्थे,’ रामशरणले सुनाए, ‘यसपटक व्यापारी आएनन्। आफैं फूल टिपेर, माला बुनी बेच्न आउनु पर्‍यो, तर यहाँ आउँदा त किन्ने मान्छे नै भेटिँदैनन्।’  

यसपटक काठमाडौं उपत्यकामा फूल बेच्नेहरुको भिड अघिल्लो वर्षको जस्तो छैन। काठमाडौं महानगरपालिकाले फूल बेच्नका लागि निश्चित ठाउँ छुट्याए पनि त्यसबारे न  किन्नेलाई जानकारी भएको पाइयो, न त बेच्नेलाई नै। 

काठमाडौंको कल्लाबारीबाट फूल बेच्नका लागि भृकुटीमण्डप पुगेका प्रकाश बस्नेतले काठमाडौं महानगरपालिकाले फूल बेच्नेलाई लखेटेको देखेर आक्रोश पोखे। सुरुमा फूल बेच्नलाई काठमाडौंको न्यूरोड क्षेत्रमा पुगेका उनलाई महानगर प्रहरीले भ्यानमा हालेर भृकुटीमण्डप पुर्‍याएको थियो। 

Phool_Bikri_Kathmandu_5-1699793688.jpg

‘महानगरपालिकाले फूल बेच्नलाई निश्चित ठाउँ तोकेको भनेको छ। मान्छेको चहलपहल हुने ठाउँमा फूल बेच्न पाइँदैन। फूल मात्रै किन्न भनेर यहाँ (भृकुटीमण्डप) को आउँछ?’ उनले आक्रोश पोखे, ‘निश्चित ठाउँ तोकेको हो भने किन्ने मान्छे र बेच्ने मान्छेलाई पहिले नै थाहा दिनु पर्दैन। समाचारमा भनिदिएको भए पनि हामीले थाहा पाउँथ्यौं।’

आइतबार बिहान काठमाडौंका विभिन्न ठाउँमा काठमाडौं महानगरपालिकाको नगर प्रहरी र फूल बेच्न आएका बिक्रेताबीच ठाउँ–ठाउँमा विवाद चलेको थियो।  

 

Phool_Bikri_Kathmandu_8-1699793689.jpg

Phool_Bikri_Kathmandu_10-1699793690.jpg

Phool_Bikri_Kathmandu_12-1699793690.jpg

Phool_Bikri_Kathmandu_13-1699793690.jpg

Phool_Bikri_Kathmandu_7-1699793689.jpg

 

Phool_Bikri_Kathmandu_4-1699793688.jpg

 

01_Phool_Bikri_Kathmandu_1-1699793687.jpg

Phool_Bikri_Kathmandu_1-1699793687.jpg

Phool_Bikri_Kathmandu_2-1699793687.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निमेषजंग राई
निमेषजंग नेपाललाइभका फोटो पत्रकार हुन्।
लेखकबाट थप
काठमाडौंमा होलीको रौनक [फोटोफिचर]
पशुपतिमा शिवरात्रिको रौनक [तस्बिरहरु]
यसरी मनाइयो तमु ल्लोसार [तस्बिरहरु]
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्