• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यसपालिको तिहार, छैन फूलको व्यापार

64x64
निमेषजंग राई आइतबार, कात्तिक २६, २०८०  १८:४२
1140x725

काठमाडौं– ललितपुरको लेलेबाट डोकोमा फूल बोकेर प्रमिला पन्थ आइतबार बिहानै काठमाडौंको बसन्तपुर पुगेकी थिइन्। विशाल बजार अगाडि, फुटपाथ छेउमा डोको खोलेर फूलका माला सजाउन मात्रै लागेकी थिइन्, नगर प्रहरीले सिटी फुक्यो। 

‘तपाईंहरु यहाँ फूल नबेच्नोस् है। फेरि उठाएर लैजान्छौं नि हामी,’ १ जना नगर प्रहरी बोले। काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा फूल बिक्रीका लागि भनेर ठाउँ–ठाउँमा छुट्टै स्थान तोकेको थियो। महानगरले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा स्वदेशमा उत्पादित फूल बेच्न भनेर ठाउँको व्यवस्था गरेको थियो। 

तर, पन्थीलाई महानगरले गरेको ‘व्यवस्थापन’बारे थाहा रहेनछ। 

‘पोर–परार सधै‌ँ यहिँ राखेर फूल बेचको हुँ। यसपाला आएर बेच्न भन्दैन मिल्छ? बाहिरैसम्मै लाइन छ भन्छन्। तपाईंहरुले हामीलाई खेद्ने। बरु यो फूल लगेर फालिदिनुहोस्,’ उनी नगर प्रहरीसँग झोक्किइन्। 

उनी झोक्किए पनि नगर प्रहरीले मानेनन्। अन्तत: उनी डोको बोकेर त्यहाँबाट हिँडिन्। 

भक्तपुरको नगरकोटबाट फूलको डोको बोकेर काठमाडौंको असन पुगेकी सुकमाया तामाङले पनि फूल बेच्न पाइनन्। बिहान ८ बजेसम्म असनमा फूल बेच्न पाइन्छ भनेर ६ बजेतिर नै त्यहाँ पुगेकी उनी ग्राहक नपाएर बेखुस थिइन्। 

Phool_Bikri_Kathmandu_6-1699793688.jpg

‘गतवर्ष बारीबाटै फूल बिकेको थियो। यसपटक माला समेत उनेर यहाँ (असन) ल्यायौं। यहाँ त मोल गर्न ग्राहक नै आउँदैनन्,’ असनमा भेटिएकी सुकमायाले भनिन्। 

Ncell 2
Ncell 2

सुकमायाका अनुसार अघिल्लो वर्ष १ डोको फूल बेच्दा ६ हजार रुपैयाँसम्म आम्दानी भएको थियो। तर, यसपटक भने उनले फूल किन्ने ग्राहक नै नभेटेको सुनाइन्। 

‘असनमा बेच्न दिन्छ भनेको सुनेको थिएँ। तर यहाँ बेच्न दिएन। अन्त अब कहाँ मान्छे होलान् र जानु? यसपटक त फूल नबिक्ने भए,’ लक्ष्मी पूजाको दिनको बिहान आफ्ना फूल नबिक्दाको पीडा सुनाइन सुकमायाले। 

पोहोर सालको व्यापार हेरेर यस वर्ष अरु जग्गा पनि भाडामा लिएर फूल खेती गरेकी उनी लगानी समेत नउठ्ने पिरमा छन्। ‘यही तरिकाको व्यापार हुने हो भने त फूलेका फूल बारीमै ओइलाउने भए,’ सुकमायाले सुनाइन्। 

Phool_Bikri_Kathmandu_9-1699793689.jpg

भक्तपुरको गुण्डुबाट फूलका माला बेच्न काठमाडौंको भृकुटीमण्डप पुगेका रामशरण तामाङले पनि फूल नबिकेको पीडा सुनाए। अघिल्ला वर्ष विदेशमा समेत मखमली फूलका माला पठाउने उनी यसपटक भने आफैं डोको बोकेर फूल बेच्न सडकमा पुगेका छन्। 

‘गुण्डुका मान्छेले अघिल्ला वर्ष त बारीमै फूल बेच्थ्यौं। हाम्रोमा फूलेका मखमली फूल दशैंदेखि नै विदेश निर्यात हुन्थ्यो। व्यापारीहरु बारीमै आएर फूल लिन्थे,’ रामशरणले सुनाए, ‘यसपटक व्यापारी आएनन्। आफैं फूल टिपेर, माला बुनी बेच्न आउनु पर्‍यो, तर यहाँ आउँदा त किन्ने मान्छे नै भेटिँदैनन्।’  

यसपटक काठमाडौं उपत्यकामा फूल बेच्नेहरुको भिड अघिल्लो वर्षको जस्तो छैन। काठमाडौं महानगरपालिकाले फूल बेच्नका लागि निश्चित ठाउँ छुट्याए पनि त्यसबारे न  किन्नेलाई जानकारी भएको पाइयो, न त बेच्नेलाई नै। 

काठमाडौंको कल्लाबारीबाट फूल बेच्नका लागि भृकुटीमण्डप पुगेका प्रकाश बस्नेतले काठमाडौं महानगरपालिकाले फूल बेच्नेलाई लखेटेको देखेर आक्रोश पोखे। सुरुमा फूल बेच्नलाई काठमाडौंको न्यूरोड क्षेत्रमा पुगेका उनलाई महानगर प्रहरीले भ्यानमा हालेर भृकुटीमण्डप पुर्‍याएको थियो। 

Phool_Bikri_Kathmandu_5-1699793688.jpg

‘महानगरपालिकाले फूल बेच्नलाई निश्चित ठाउँ तोकेको भनेको छ। मान्छेको चहलपहल हुने ठाउँमा फूल बेच्न पाइँदैन। फूल मात्रै किन्न भनेर यहाँ (भृकुटीमण्डप) को आउँछ?’ उनले आक्रोश पोखे, ‘निश्चित ठाउँ तोकेको हो भने किन्ने मान्छे र बेच्ने मान्छेलाई पहिले नै थाहा दिनु पर्दैन। समाचारमा भनिदिएको भए पनि हामीले थाहा पाउँथ्यौं।’

आइतबार बिहान काठमाडौंका विभिन्न ठाउँमा काठमाडौं महानगरपालिकाको नगर प्रहरी र फूल बेच्न आएका बिक्रेताबीच ठाउँ–ठाउँमा विवाद चलेको थियो।  

 

Phool_Bikri_Kathmandu_8-1699793689.jpg

Phool_Bikri_Kathmandu_10-1699793690.jpg

Phool_Bikri_Kathmandu_12-1699793690.jpg

Phool_Bikri_Kathmandu_13-1699793690.jpg

Phool_Bikri_Kathmandu_7-1699793689.jpg

 

Phool_Bikri_Kathmandu_4-1699793688.jpg

 

01_Phool_Bikri_Kathmandu_1-1699793687.jpg

Phool_Bikri_Kathmandu_1-1699793687.jpg

Phool_Bikri_Kathmandu_2-1699793687.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निमेषजंग राई
निमेषजंग नेपाललाइभका फोटो पत्रकार हुन्।
लेखकबाट थप
काठमाडौंमा होलीको रौनक [फोटोफिचर]
पशुपतिमा शिवरात्रिको रौनक [तस्बिरहरु]
यसरी मनाइयो तमु ल्लोसार [तस्बिरहरु]
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्