काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदत्त गरेको प्रदेशको अधिकार नआए सिंहदरबारमा गएर धर्ना कस्ने उद्घोष गरेका छन्।
प्रदेश सभाको बिहीबारको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले उक्त घोषणा गरेका हुन्।
‘सिंहदरबारको घेराभित्र संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउन त्यहाँ गएर धर्ना दिन पनि सकिन्छ। म चाहिँ यो छिट्टै आएन भने मुख्यमन्त्रीको हिसाबले सिंहदरबारभित्र धर्ना दिन्छु। प्रदेशको अधिकार छिट्टै ल्याउँछु,’ संसद्मै उनले प्रतिबद्धता गरेका छन्।
उनले यसका अलावा आफ्नो अधिकार ल्याउन संघीय सरकारलाई मुद्दा पनि हाल्न सकिने बताएका छन्।
उनले भने, ‘हामीले हाम्रो अधिकार लिनका लागि। हामीले जनतालाई डेलीभरी दिने अधिकार ल्याउनका लागि संघीय सरकारले कब्जा गरेका अधिकारका लागि हामी मुद्दा हाल्न पनि सक्छौं।’
आजै मात्र मधेश प्रदेशले पनि संघीय सरकारविरुद्ध संघर्ष घोषणा पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।