काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार संचालनको विषयमा आफूले केन्द्रीय नेतृत्वको मुख नताकेको दाबी गरेका छन्।
बिहीबार बसेको प्रदेश सभा बैठकमा सांसदको प्रश्न मुख्यमन्त्रीको उत्तर कार्यक्रममा मुख्यमन्त्री कार्कीले उक्त दाबी गरेका हुन्।
‘मैले केन्द्रको मुख तोकेको होइन। केन्द्रको मुख ताकेको भए नेकपा एमालेसँगको साथ छोडेर गठबन्धनको मात्र बनाउँथे होला। मैले एमालेको मुख्यमन्त्री हुँदा निरन्तरता दिनलाई पनि एमालेलाई समेट्ने प्रयास गरेको छु,’ उनले दाबी गरे।
असोज २७ गते संघीय गठबन्धनको निर्णय विपरीत गएर कांग्रेस सांसद कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर पछि एमालेसँगको सहमति विपरीत माओवादी लगायतका दलहरुलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिसकेको छ तर समर्थन भने कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।