काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेट गरेका छन्। वाङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेका हुन्।
उक्त भेटमा २ नेताबीच व्यापार, कनेक्टीभिटी, पर्यटन र जनता–जनता बीचको सम्बन्ध र हित पर्वद्धन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
साथै सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गत साता मात्र जाजरकोट र रुकुम पश्चिम केन्द्रिबिन्दू बनाएर गएको भूकम्पका पिडितलाई चीन सरकारले तदरुकताका साथ राहात सामाग्री पठाएकोमा धन्यवाद दिएको उनको सचिवालयले उल्लेख गरेको छ।
‘प्रधानमन्त्रीले हालै पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पपछि गरेको उद्दर सहयोगका लागि चिनियाँ सरकार र सचिव वाङलाई धन्यवाद पनि दिनुभयो,’ भेट वार्तालाई उदृत गर्दै सचिवालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।