• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको मध्यपहाडी अभियानका चार मुख्य उद्देश्य

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०८०  १७:१०
1140x725

काठमाडौं- नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ। 

बुधबार बसेको सचिवालय बैठकले मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रिय झन्डोत्तलसँगै अभियान सुरु हुने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूमाझ निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले अभियानका क्रममा मध्यपहाडी लोकमार्गका विभिन्न शहरी क्षेत्रहरूमा सभा, भेला, अन्तर्क्रिया गरिने बताए। 

त्यस्तै, त्यहाँका उद्यमी व्यवसायीहरूसँग भेट गर्ने, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्ने, विकासका चुनौतीहरूलाई सुन्ने, ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने बताए। ‘१२/१५ खालका क्रियाकलापहरू गर्दै हामी चिवाभञ्ज्याङ पुग्नेछौं', उनले भने, 'त्यहाँ राष्ट्रिय झन्डोत्तलन गर्दै यो अभियान सम्पन्न भएको प्रतीक चिह्न राखेर फर्किनेछौँ।'

उनले अभियानबाट मधेश र हिमाललाई पनि जोडिने बताए। ‘सिंगो देशको अभियानको रुपमा यसलाई अगाडि बढाउँछौं’, उनले भने, ‘राजनीतिक अभियान त हुँदै हो। त्योभन्दा पनि बढी विकास निर्माण, सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रुपमा यसलाई लैजान्छौं।’

nimb
nimb
Ncell 2
Ncell 2

उनले अभियानका चार मुख्य उद्देश्य पनि प्रस्तुत गरे।

‘पहाडको विकासमा चुनौती के हुन्, जसले पहाडको बसाइसराइलाई कम गर्न सकिन्छ, त्यसलाई समृद्धिको आधार बनाउन सकिन्छ’, उनले पहिलो उद्देश्य प्रस्तुत गर्दै भने, ‘पहाड समृद्ध नहुञ्जेलसम्म सिंगो राष्ट्र समृद्ध हुन सक्दैन। त्यसैले विकासको समस्या पहिचान गर्दै पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्त्वपूर्ण उद्देश्य हुनेछ।’

दोस्रो उद्देश्य स्वरुप उनले राष्ट्रिय एकताको निर्माणलाई प्रस्तुत गरे। भने, ‘सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने, विभिन्न कोणबाट देखा पर्न लागेका कतिपय संकिर्ण अतिवादी सोचहरूलाई निष्तेज गर्ने र बलियो राष्ट्रिय एकताको निर्माण गर्ने यसको दोस्रो उद्देश्य हुनेछ।’

‘यो वर्ष कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्ष हो। पुष्पलालले स्थापना गर्नुभएको पार्टी ७५ वर्ष पुगेको छ। पुष्पलालको नाममा निर्मित यो राष्ट्रिय संरचनामा यो अभियान चलाउँदा हामीले हाम्रो इतिहासलाई पनि जोड्न चाहेका छौं। गएको ७५ वर्षमा हामीले के काम गर्‍यौं। त्यो कुराको हामी सन्देश दिन चाहन्छौं', उनले प्रस्तुत गरेको तेस्रो उद्देश्य थियो।

ज्ञवालीले चौथो उद्देश्य निराशालाई चिर्ने अभियानको रुपमा प्रस्तुत गरे। ‘अहिले जुन खालको निराशाको खेती मौलाउने कोसिस भइरहेको छ। र यो निराशा र असन्तुष्टिलाई हाम्रा परिवर्तनकै विपक्षमा उभ्याउने खालका जुन प्रयास हुँदैछन्’, उनले भने, ‘थुप्रै ठाउँमा समस्या होलान् तर देश अगाडि पनि बढिरहेको छ। निश्चित ठाउँमा कामहरू अगाडि बढिरहेका छन्। ती भइरहेका राम्रा कामहरूलाई उजागर गर्दै यो देशलाई राम्रो बनाउन सकिन्छ, बनाउने शक्ति हामी यहीँ छौँ भन्ने कुराको सन्देश दिने यसको उद्देश्य हो।’

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
सम्बन्धित सामग्री
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुन... बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन सरकारको नीति तथा कार्यक्रमको छलफलको प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नआएपछि बुधबार बैठकमा अवरोध भएको हो । बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्