• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रवि लामिछानेद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव– एकद्वार प्रणाली राम्रो, तर व्यवस्थापन खराब भयो 

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०८०  १२:४९
1140x725

काठमाडौं– भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई १४ बुँदे पत्र बुझाएका छन्। ‘भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदम’ भन्दै लामिछानेले राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे सुझाएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा शौचालयको धेरै समस्या भएकाले सरकारले व्यवस्थापन गरोस् भन्ने उनको सुझाव छ। ‘खानेपानी समस्या पनि उत्तिकै छ। यसैगरी पुरिएका पशु चौपायाहरूलाई निकाल्न सकिएको छैन, त्यसले गर्दा हैजा फैलिने डर बढेर गएको छ। ठाउँठाउँमा जनस्वास्थ्य टोली यथाशीघ्र पठाउनुपर्ने छ। यसमा सरकारको ध्यान जाओस्,’ लामिछानेले सुझाव दिएका छन्।

Rabi_Meet_PM_Prachanda_2-1699427009.jpg

टुहुरा भएका बालबालिकाको व्यवस्थापनमा सरकारको ध्यान नगएको भन्दै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। ‘टुहुरा भएका बालबालिकाको व्यवस्थापनमा सरकारको ध्यान गएको छैन। साथै, धेरै परिवारका १ जना सदस्य मात्रै बाँकी छन्, उनीहरूले सुरक्षा समेत खोजेका छन्। एकल व्यक्तिहरूका बारेमा सरकारले तत्काल कदम चाल्नुपर्ने देखिएको छ,’ लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ, ‘भूकम्प प्रभावित क्षेत्रहरूमा सुत्केरी महिला, अपांग, वृद्ध आमाबुवालाई प्राथमिकतामा राखी सरकारले सबै काम थालोस् भन्ने अपेक्षा गर्दछु।’

उनले भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो आफैं गर्न संघर्षरत रहेको पाएको उल्लेख गरेका छन्। ‘यसले जनतालाई राज्यप्रति निराश बनाएको छ,’ पत्रमा भनिएको छ, ‘सरकार, जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै, आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त कदम चालियोस्।’

nimb
nimb
Ncell 2
Ncell 2

राहत सामगरी जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको, तर भूकम्प पीडितले नपाएको लामिछानेले बताएका छन्। प्रमुख जिल्ला अधिकारीले मात्रै सम्हाल्न सक्ने स्थिति नरहेकोले सरकारको त्यसतर्फ ध्यान जानुपर्ने उनको सुझाव छ।

‘राहत वितरणमा एकरुपता नभएको देखियो। दलगत हिसाब अथवा त्यस ठाउँको जनप्रतिनिधि कुन पार्टीका हुन्, त्यही पार्टीका समर्थकले मात्रै राहत पाएको गुनासो आमसमुदायले गरेका छन्। राहतमा राजनीति नगरिदिनु भनी सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुपर्ने देखिएको छ,’ पत्रमा भनिएको छ।

सरकारले अपनाएको एकद्वार प्रणालीको अवधारणा एकदमै राम्रो भएता पनि यस प्रणालीको व्यवस्थापन खराब भएको लामिछानेको भनाइ छ।

लामिछानेले दुःखमा परेका जनताले आफ्ना नेता एकपटक आफ्नो आँगनमा आइदियोस् भन्ने चाहने र सकेसम्म नागरिकको दुःखमा जनप्रतिनिधि पुग्नुपर्ने भएता पनि उच्चस्तरबाट प्रभावित क्षेत्रमा हुने भ्रमण निश्चित उद्देश्यसहित छरितो हुनुपर्नेमा जोड दिएका छन्।

पत्र बुझाउँदै लामिछानेले ‘परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’ भनेका थिए। प्रतिक्रियामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएको रास्वपाको भनाइ छ।

RSP_Sujhav_quake_1-1699427029.jpg

RSP_Sujhav_quake_2-1699427029.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे
प्रतिनिधिसभा बैठक (लाइभ)
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन
सम्बन्धित सामग्री
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे हिजो मात्रै मन्त्रालय घटाएर २२ बाट १८ मा झारेका प्रधानमन्त्री शाहले त्यसका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको सूचना प्रविधिलाई... बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । बिहीबार, वैशाख ३१, २०८३
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रध... बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन बिहीबार, वैशाख ३१, २०८३
नीति तथा कार्यक्रममाथिको छलफल ६ घण्टामा खुम्च्याउनु संसदको अपमान: अर्जुननरसिंह केसी बिहीबार, वैशाख ३१, २०८३
सदस्यता अद्यावधिक नगर्ने वडा सभापतिको जिम्मेवारी अरूलाई दिने गगन थापाको चेतावनी बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्