काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको सर्वदलीय बैठक सकिएको छ। प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उक्त भेला डाकेका थिए।
सो बैठकमा सहभागी एमालेले भने सरकारकै अकर्मण्यताका कारण देशमा हिंसात्मक घटना बढेको बताएको सचेतक महेश बर्तौलाले बताएका छन्।
बैठक पछि संचारकर्मीसँग कुरा गर्दै बर्तौलाले सो कुरा बताएका हुन्।
‘सरकारको अकर्मण्यताका कारण देशमा हिंसात्मक घटना बढेको छ भन्ने हामीले ध्यानाकर्षण गर्यौं। सरकारले ठीक ढंगले डेलिभरी दिन सकेको छैन। हामीले हाम्रो कुरा राख्यौं। सरकार भएको अनुभूति छैन। सरकारले ठीक ढंगले हिँडोस भनेका छौं,’ बैठकको कुरा उदृत गर्दै उनले भने, ‘अब सरकार कसरी बढ्छ उसोको कुरा हो।’
प्रचण्डले बाह्रबुँदै समझदारीमा हस्ताक्षर गर्ने दलहरुलाई बैठकमा बोलाएका थिए। जस कारण रास्वपा र राप्रपा भने सहभागी थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।