काठमाडौं– कोशी प्रदेश सभामा सांसदहरुको प्रश्न मुख्यमन्त्रीको जवाफ कार्यक्रम कात्तिक २३ गते हुने भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमबारे सदनलाई जानकारी दिएकी हुन्।
‘प्रदेश सभा नियमावली २०७४ को परिच्छेद ९ को नियम ४० र ४१ मा प्रश्नोत्तरको व्यवस्थाअनुसार कत्तिक २३ गते मुख्यमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रम राखिएको छ,’ उनले भनिन्।
यस्तै, प्रश्न गर्ने इच्छुक सांसदहरुले २२ गते दिउँसो ३ बजेभित्र सोही नियमावलीअनुसार प्रदेश सचिवालयमा प्रश्न पेस गर्न पनि उनले निर्देशन दिएकी छन्।
यसअघि संघीय संसद्मा पनि प्रधानमन्त्री–सांसद सवालजवाफ कार्यक्रम सुरु भइसकेको छ। जेठ ४ गतेदेखि प्रत्येक महिनाको पहिलो १० गते भित्र सो कार्यक्रम हुने भनेअनुसार प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।