काठमाडौं– भूकम्प पीडितको सहयोगका लागि नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।
मंगलबार एकीकृत समाजवादीको प्रतिनिधि मण्डलले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चेक बुझाएको हो।
२०८० कात्तिक १७ गते कर्णालीका विभिन्न जिल्लामा गएको भूकम्पको विपत्मा परी धनजनको क्षतिको विषयमा र सरकारले सञ्चालन गरेको उद्धार र राहतको बारेमा पनि पार्टी प्रतिनिधिले जानकारी लिएका छन्।
प्रधानमन्त्री प्रचण्डले विपत्मा परेका जनताको उद्धार, राहत र पुनःस्थापनको सन्दर्भमा सरकारले गरिरहेको कामबारे जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।