काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको निरीक्षणमा जाने भएका छन्।
शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेका हुन्।
यसअघि राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।