• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जाजरकोट भूकम्प : पीडितलाई विभिन्न निकायको सहयोग

64x64
रासस सोमबार, कात्तिक २०, २०८०  २१:५९
1140x725

काठमाडौं– जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन्।

काठमाडौंका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन्।

मध्यपश्चिम विश्वविद्यालयको राहत
मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई १२ लाख बराबरको राहत सहयोग गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गरे। 

बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिए। 

त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्पपीडितलाई रु पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ। जसमा विश्वविद्यालय परिवारबाट सङ्कलित रु तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उनले बताए। 

उनका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायत आधारभूत सामग्री सहयोग गरिएको छ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर सङ्कलन गरिएको रकमबाट भूकम्प प्रभावितलाई राहत सहयोग गरिएको उनले जानकारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

बाँकेको बैजनाथ गापको राहत सामाग्री हस्तान्त्तरण
भूकम्पमा परेका जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले तत्कालका लागि दुई लाख ५० हजार बराबरको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको छ।

सो राहत सामग्रीहरुमा २५ थान ठूला त्रिपाल र एक सय थान ब्ल्याङ्केट रहेका छन् । विपद् व्यवस्थापन समितिका संयोजक जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले हस्तान्तरण गरे।

बाँकेको नेपालगञ्ज विमानस्थल परिसरमा स्थापना गरिएको अस्थायी गोदाम घरमा राहत सामग्री राखिएको छ। राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष शाहीले भूकम्पले जनताको ठूलो जनधनको क्षति भएकाले मानवीय धर्मअनुसार बैजनाथ गाउँपालिकाले तत्कालका लागि त्रिपाल र ब्ल्याङ्केट सहयोग गरेको बताए। 

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका दुई स्वास्थ्य टोली
जाजरकोट जिल्लाको बारेकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी घाइते तथा अङ्गभङ्ग भएका नागरिकको उपचारका लागि सशस्त्र प्रहरी बल नेपालले दुईवटा स्वास्थ्य टोली परिचालन गरेको छ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार डा रोशन पराजुली र डा निश्चल घिमिरेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको आज राससलाई जानकारी दिए। 

उनले पाँच सयभन्दा बढीको सुरक्षा फौजले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिएको र छुट्टै चिकित्सकको टोलीले स्वास्थ्य सेवा थालिसकेको जानकारी दिए।

नेपाल एपिएफ अस्पताल बलम्बु काठमाडौंबाट डा रोशन पराजुलीको नेतृत्वमा नौजना रुकुमपश्चिमका लागि र सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी वाहिनीका डा निश्चल घिमिरेको नेतृत्वको चारजनाको टोलीले जाजरकोटमा पुगेर सेवा थालेका छन्।

डा रोशनको टोली रुकुमपश्चिमको मिसन अस्पताल चौरजहार र डा निश्चलको टोली जाजरकोट जिल्ला अस्पतालमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका पनि उनले बताए। 

यसअघि सशस्त्र प्रहरी बल नेपालको १० हजार टेन्टसहित पाँचवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको छ।

डिएलएको आर्थिक सहयोग
डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गर्ने भएको छ।

एसोसिएसनको आइतबार बसेको बैठकले भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौंको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक रुपमा क्षतिग्रस्त भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

भूकम्प प्रभावित क्षेत्रमा एमाले
नेकपा (एमाले)ले आफ्ना जनवर्गीय सङ्गठनलाई भूकम्प प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा गई उद्धार र राहतमा वितरणमा खटाउन निर्णय गरेको सयन्त्रका संयोजक भानुभक्त ढकालले बताए। 

उनले भूकम्प प्रभावित क्षेत्रमा सबै जनवर्गीय सङ्गठनलाई गई भूकम्पपछि फैलन सक्ने महामारीप्रति सचेत हुँदै काम अघि बढाउने निर्णय गरेको बताए। 

भूकम्पपीडितलाई कामपाको सहयोग
काठमाडौं महानगरपालिकाले गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ।

कामपाले आज नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। उनका अनुसार भूकम्पका कारण पीडित भएकाहरुका लागि पहिलो प्याकेज आवश्यक सामग्री पठाइएको हो र थप भोलि पठाउने तयारी छ।

पठाइएको सामग्रीमा ओढ्नका लागि कम्मल दुई हजार थान, त्यसैगरी दुई हजार थान खाद्य सामग्री र दुई हजार थान सरसफाइका सामग्री र केही आधारभूत औषधी पठाइएको बताइएको छ। यससँगै थप इन्जिनियर तथा प्राविधिकको सहयोग चाहिएमा कामपालाई सम्बन्ध भएका निकायले सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

हलेसी तुवाचुङको एघार लाख ५१ हजार नगद
हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन्।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक गरी सात सय चारजना व्यक्तिले नियमित पाउने दुई दिनको तलब भत्ता नगरपालिकाका तर्फबाट कटाएर रु ११ लाख ५१ हजार एक सय भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो।

भूकम्पपीडितका लागि राहतस्वरुप सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्। ‘यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलब भत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप रु ११ लाख ५१ हजार रकम उपलब्ध गराइएको छ’, नगरप्रमुख राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एमालेको रु एक करोडको राहत सामग्री
नेकपा (एमाले)ले जाजरकोट–भूकम्पका कारण पीडितलाई रु एक करोड बराबरको राहत सामग्री पठाउने तयारी गरेको छ।

सो पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि पार्टीका तर्फबाट खरिद गरेर राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडले जानकारी दिए। 

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्न आग्रह गरेकाले एमालेले आवश्यक समन्वय गरी वितरण गर्ने जनाइएको छ।

केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री तथा कम्बल र टेन्ट पनि वितरण गर्न लागेको छ। दुई चरणमा गरेर एमालले करिब रु एक करोड बराबरको राहत सामग्री पठाउने छ।

भूकम्प पीडितलाई देवघाटको रु पाँच लाख
जाजरकोट भूकम्पपीडितलाई तनहुँको देवघाट गाउँपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ। गाउँपालिका विपद् व्यवस्थापन समितिको आजको बैठकले भूकम्प पीडितलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो।

विपद् व्यवस्थापन कोषबाट भूकम्पपीडितको सहयोग र राहतका लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए। गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत सङ्कलन समितिसमेत गठन गरेको छ।

गाउँपालिकाका अध्यक्ष थापाले भने, ‘सहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौं। सबै वडाबाट स्वतस्फूर्त रुपमा सहयोग सङ्कलन गरिनेछ।’ 

तुलसीपुर नगर जेसीजद्वारा न्यानो कपडा वितरण
तुलसीपुर नगर जेसिजले भूकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावितका लागि राहतस्वरुप सिरक तथा रेडिमेड फेन्सी कपडा आज हस्तान्तरण गरेको छ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वलीले रुकुमस्थित आठबिसकोट नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख इन्द्रबहादुर विष्टलाई ६५ थान फाइबर सिरक, चार सय थान बढी फेन्सी कपडा लगायतका सामग्रीहरु हस्तान्तरण गरे।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन... शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम अहिलेसम्म २३ परिवारले नाम टिपाएका छन्। रङ्गशालामा आउने सुकुम्वासीहरूको तथ्याङ्क सङ्कलन उपत्यका विकास प्राधिकरणले गर्दै छ । शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार सार्वजनिक पर्ती जग्गा फिर्ता गर्ने र ‘सक्कली’ तथा ‘नक्कली’ सुकुमवासी छुट्याउने मुख्य... शनिबार, वैशाख १२, २०८३
ताजा समाचारसबै
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्