काठमाडौं– कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकृत भएको छ। यसअघि असोज २८ गते थापाले दलको नेता त्याग गरेको घोषणा गरेका थिए।
सोमबार बसेको संसदीय दलको बैठकले थापाको राजीनामा फिर्ता गराउँदै पुरानै जिम्मेवारीमा फर्किन आग्रह गरेको थियो। सोही बमोजिम थापा आफू पुरानै जिम्मेवारीमा फर्केको नेपाल लाईभलाई बताएका छन्।
संघीय गठबन्धनको निर्णय विपरीत गएर आफ्नै सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेपछि थापाले दलको नेताबाट राजीनामा बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।