• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाली क्रिकेट टोलीको तेस्रो नम्बरको ‘ब्याट्सम्यान’ को? विश्वकप छनोटका पाँच खेलमा पाँच प्रयोग

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २०, २०८०  १८:४३
1140x725

काठमाडौं– नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ। २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा पुगेको नेपाल त्यसपछि लगातार असफल हुँदै आएको थियो। तर नेपाले आईसीसी एसिया क्षेत्रको विश्वकप छनोटमा आफूलाई सुधार गर्दै विश्वकपको टिकट काट्यो।

नेपालसहित आठ टिमले खेलेको खेलमा नेपालले समूह चरणका तीन खेलमा २ मा जित हात पार्‍यो भने एकमा हारको सामना गर्नु पर्‍यो। यो हारसँगै नेपालले उप–विजेताको रुपमा सेमिफाइलन पुग्यो अनि फाइलनमा पनि पुग्न सफल भयो। तर, उपाधि जित्न सकेन।

नेपालले विश्वकप छनोटको पहिलो खेल कात्तिक १३ गते (अक्टुबर ३०)मा पहिलो खेल सिंगापुरसँग खेलेको थियो। खेलिएको उक्त खेल नेपालले आठ विकेटले जितेको थियो। दोस्रो खेल मलेसियासँग १४ गते खेल्यो। उक्त खेल पनि नेपालले ६ विकेटले जित हात पार्‍यो।

पहिलो खेलमा नेपालका तर्फबाट तेस्रो नम्बरमा ब्याटिङका लागि कप्तान रोहित पौडेल स्वयं आएका थिए। दोस्रो खेलमा भने कुशल मल्ललाई तेस्रो ब्याटरका रुपमा क्रिजमा ल्याइयो। कुशलले उक्त खेलमा सबैभन्दा धेरै रन बनाए।

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख निरन्तर थिए भने उनीहरुमध्ये एक जनाको विकेट गएपछि कुशललाई पठाइएको थियो। नेपालले तेस्रो खेल नोभेम्बर २ अर्थात् कात्तिक १६ गते खेल्यो। उक्त खेलमा नेपाल ५ रनले पराजित भयो। सो खेलमा नेपालले तेस्रो नम्बरको ब्याटरको रुपमा अलराउन्डर सोमपाल कामीलाई पठायो।

१४६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ओपनर आशिफ शेख ५ रन मात्र बनाएर आउट भएपछि सोमपाललाई पठाएको थियो। सोमपाल ९ बलमा १२ रन बनाएर आउट भए। यो हारसँगै नेपाल समूहको उप विजेताको रुपमा सेमिफाइलन प्रवेश गर्‍यो। 

नेपालले मुलपानी क्रिकेट मैदानमा यूएईसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो। चौथो खेलको रुपमा नोभेम्बर ३ मा भएको खेल नेपालका लागि महत्त्वपूर्ण थियो। यो खेलले नेपालको विश्वकप खेल्ने वा नखेल्ने तय हुने भएकाले दबाबमा खेल्दै थियो। नेपालले यो खेल दबाबकै बीचमा ८ विकेटले जित निकाल्यो। यूएईलाई १३४ रनमै रोक्दै नेपाल विश्वकपमा छनोट भयो अनि फाइनलमा पनि पुग्यो। 

यो खेलमा नेपालले तेस्रो नम्बरमा फेरि नयाँ प्रयोग गर्‍यो। नेपालले तेस्रो नम्बरको व्याटिङमा गुल्शन झालाई मौका  दियो। यो प्रतियोगिताभर राम्रो प्रदर्शन गरेका ओपनर कुशल भुर्तेल व्यक्तिगत ११ रनमा आउट भएपछि गुल्शनलाई पठाइएको थियो। गुल्सन २४ बलमा २२ रन बनाएर आउट भए। खेल नेपालले जित्यो तर तेस्रो नम्बरमा गुल्शन पनि भरपर्दो विकल्प देखिएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

फाइनल खेल नोभेम्बर ५ अर्थात कात्तिक १९ गते टियु क्रिकेट मैदानमा ओमानसँग भयो। नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए। रन बनाउन सहज हुने पिच देखेपछि उनले विशाल रनको लक्ष्य दिएर उपाधि जित्ने रणनीतिका साथ ब्याटिङ रोजेका थिए। उनको उक्त रणनीति पूर्ण रुपमा सफल भएन। ओपनर आशिफ शेख व्यक्तिगत ६ रनमा आउट भए। यो सँगै नेपाल दबामा पर्‍यो। 

एकातर्फ कुशल भुर्तेल ब्याटिङ गरिरहेका थिए। फाइनल खेल सुरुमै विकेट गएपछि नेपाल पावर प्ले मै दबाबमा पर्‍यो। नेपालले तेस्रो नम्बरमा यस पटक फेरि नयाँ प्रयोग गर्‍यो। सेमिफाइलनमा घाइते भएपछि जित्नै पर्ने खेल भएका कारण अलराउन्डर दीपेन्द्रसिंह ऐरी समावेश भएका थिए। तर, फाइनल खेल उनी खेलमा बाहिर रहे। उनको स्थानमा विवेक यादवलाई राखिएको थियो।

ओमानसँगको खेलमा उत्कृष्ट प्रस्तुत गरेपछि उनीसँगै सन्दीप जोरालाई मौका दिइयो। नेपालले जोरालाई प्रयोग गर्दै तेस्रो नम्बरमा ब्याटिङका लागि मैदानमा उतार्‍यो। नेपालले पहिलो विकेट गुमाएको दबाबमा ठूलो सट खेल्ने र आक्रामक खेल शैली भएका जोरालाई ल्याएको थियो। 
तर, नेपालको रणनीति सफल भएन। जोरा १३ बल खेलेर १० रन बनाउँदै आउट भए। उनले एक चौका मात्र प्रहार गरे। यो सँगै नेपाल झन दबाबमा पर्‍यो। नेपालले चौथो नम्बरमा कुशल मल्ललाई पठायो तर उनले पनि योगदान गर्न सकेनन्। लगातार विकेट गएका कारण दबाबमा परेका आक्रमक खेलाडी कुशल ९ बलको सामना गरेर व्यक्तिगत ३ रन बनाएर आउट भए।

त्यसपछि कप्तान रोहित पौडेल आफैं मैदानमा उत्रन बाध्य भए। उनलाई गुल्शन झाले राम्रो साथ दिए। झाले २५ बल खेल्दै ५४ रनको इनिङ खेल भने कप्तान रोहिले ३७ बलमा ५२ रन बनाए। यो सँगै नेपालले ओमानलाई १८५ रनको लक्ष्य दियो। जवाफी ब्याटिङमा उत्रेको ओमानले खेललाई सुपर ओभरसम्म पुर्‍याउँदै उपाधि हात पार्‍यो।

Xtrem

Xtrem

समग्रमा यो श्रृखलामा नेपालको सबैभन्दा ठूलो अभाव भनेको घाइते भएका दीपेन्द्रसिंह ऐरीको रह्यो भने तेस्रो नम्बरमा भरथेक गर्दै इनिङ डेभलप गर्ने ब्याटरको खाँचो देखियो। नेपालले ५ खेलमा तेस्रो नम्बरमा रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, गुल्शन झा र सन्दीप जोरा गरी पाँचै जना ब्याट्सम्यानको प्रयोग गर्‍यो। 

पहिलो खेलमा सिंगापुरविरुद्ध रोहित पौडेलले ३५ रन नटआउट बनाए। दोस्रो खेलमा कुशल मल्लले मलेसिया विरद्ध ६५ रन बनाए। तेस्रो खेलमा ओमानविरुद्ध सोमपाल कामीले १२ रन बनाए। चौथो खेलमा गुल्शन झाले यूएईविरुद्ध २२ रन बनाए र पाचौं खेलमा सन्दीप जोराले ओमान विरुद्ध १० रन बनाए।

यसरी हेर्दा कप्तान रोहित र कुशलबाहेक अन्य ब्याटरहरु तेस्रो नम्बरमा असफल नै देखिए। नेपालको यो प्रयोगले तेस्रो नम्बरमा नेपालको अस्थिरता प्रष्ट देखियो। भरपर्दा अलराउन्डर ऐरी घाइते भएको अवस्थामा नेपालको मध्यक्रमलाई सम्हाल्ने तेस्रो नम्बर अस्थिर हुँदा नेपालले उपाधिका साथै समूह चरणको खेल गुमाएको देखिन्छ।

यदि तेस्रो नम्बरको ब्याटरको रुपमा आउने खेलाडीले साझेदारी राम्रो बनाएको अवस्थामा नेपालले सबै खेल जित्ने सम्भावना पनि थियो। तेस्रो नम्बरको अस्थिरताले रन पनि नबन्ने अनि लगातार विकेट गुमाउँदा नेपाल झन दबाबमा अन्तिम ओभरसम्म खेल्ने गरेको देखियो।

फाइनल खेलबाहेक ओमानसँगको खेल समूह चरणमा गुमाउनुमा तेस्रो नम्बरको ब्याटरले भरपर्दो साझेदारी नगर्नु नै देखिन्छ। अब नेपाल विश्वकप खेल्न जाने र टेस्ट राष्ट्रहरुसँग खेल्नुपर्ने भएकाले प्रशिक्षक मोन्टी देसाईले तेस्रो नम्बरमा भरपर्दो ब्याटरलाई विकास गराउन जरुरी देखिन्छ।

अहिले भएकामध्ये रोहित र कुशल तेस्रो नम्बरमा सफल देखिएकाले उनीहरुलाई निरन्तरता दिन सकिन्छ। किनकी आगामी दिनमा दीपेन्द्र खेलमा फर्कने हुँदा फिनिसरको भूमिका उनले निभाउने छन्। फिनिसरका लागि विवेक यादव पनि उत्तम विकल्प हुन्। ओमानसँगको समूह चरणको खेलमा उनले देखाएको कौशलले अब अर्को फिनिसर नेपालले पाएको देखिन्छ। 

यदि कप्तान रोहितलाई तेस्रो नम्बरमा खेलाउने हो भने कुशल, गुल्शन र दीपेन्द्रलाई मध्यक्रम सम्हाल्दै फिनिसरको भूमिकामा अग्रसर गराउन सक्ने देखिन्छ। पछिल्लो एक वर्षमा नेपालले आफ्नो प्रदर्शन उत्कृष्ट बनाए पनि तेस्रो नम्बरमा भरपर्दो ब्याटर नहुँदा जित्नुपर्ने खेलहरु पनि गुमाएको अवस्था छ। अब नेपालले आफ्नो टिमलाई बलियो बनाउनका लागि स्थिर तेस्रो नम्बरको ब्याटरका लागि मेहेनत गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे
सम्बन्धित सामग्री
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने... आइतबार, असोज १८, २०८३
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा रेशम चौधरीको प्रश्न: गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो? आइतबार, असोज १८, २०८३
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्