काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल भोलि (मंगलबार) चीन भ्रमणमा जाने भएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहित १५ सदस्यीय टोली चीन भ्रमणमा जान लागेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा जानकारी दिए।
सोमबार पार्टीको सचिवालयको निर्णय सार्वजनिक गर्दै उनले अध्यक्ष नेपालको चीन भ्रमणबारे जानकारी दिएका हुन्।
यस्तै बैठकले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका प्रभावितहरुलाई नेता कार्यकर्ताबाट संकलन गरी २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।