काठमाडौं– कोशी प्रदेश सभाको बैठक आज (सोमबार) बस्दै छ। बैठक सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
असोज २७ गते एमाले र कांग्रेसका विद्रोही ससांसदहरूको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए। तर पछिल्लो शुक्रबार माओवादी र एकीकृत समाजवादीबाट मन्त्री बनाएसँगै एमाले सरकारबाट बाहिरेको छ।
सरकार गठनका गठनका सन्दर्भमा देखिएको खिचातानी जारी रहेकै अवस्थामा सोमबार प्रदेश सभा बैठक बस्न लागेको हो। यद्यपि प्रदेश सभा बैठकको सम्भावित कार्यसूची भने सार्वजनिक गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।