काठमाडौं- नेपाल समाजवादी पार्टीले जाजरकोट भूकम्पबाट पीडितको उद्धार तथा राहत कार्यलाई सघाउ पुर्याउनका लागि पार्टीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय उपाध्यक्ष भक्तबहादुर शाहको संयोजकत्वमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल सहितको तीन सदस्यीय टिम पनि गठन गरेको छ।
‘भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि तत्काल पार्टीका आर्थिक विभाग प्रमुख हरि रिजालको नेतृत्वमा अत्यावश्यक सामग्री सहित चिकित्सक टोली परिचालन गरिएको छ’, निर्णयमा भनिएको छ।
त्यस्तै, भूकम्प पीडितहरूलाई राहतका लागि खाद्यान्न लगायत सामग्री संकलन अभियान चलाउने निर्णय पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।