काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने भएका छन्।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडितहरुको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन्।
शुक्रबार ११:४७ बजेको समयमा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्याएको छ।
अध्यक्ष तिमिल्सनाले प्राकृतिक बिपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्धार र पीडीतहरुका लागि राहत तथा पुनर्स्थापनामा जुट्न सबैलाई आग्रह पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।