काठमाडौं– सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा नबस्न सरकारले निर्देशन जारी गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो।
भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिरहनु हुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम पूर्ण रुपमा प्रभावित भएका छन्। ठूलो धनजनको क्षति हुनुका साथै त्यहाँको जनजीवनसमेत अस्तव्यस्त बनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।