काठमाडौं– नेपाली कांग्रेसले तिहारअघिका लागि तय भएका सम्पूर्ण सार्वजनिक कार्यक्रमहरु स्थगन गरेको छ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्र ठूलो धनजनको क्षित भएकाले सार्वजनिक कार्यक्रमहरु स्थगन गरिएको हो।
साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली सबैलाई अपिलसमेत गरेको छ।
पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
तर पार्टीको महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने नरोकिने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
![Kartik-18,-Earthquake_other-program-postpond-1699094339.jpg](https://nepallive.net/uploads/posts/Kartik-18,-Earthquake_other-program-postpond-1699094339.jpg?timestamp=1699094338363)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।