काठमाडौं– उद्धारका लागि हेलिकोप्टर भूकम्प प्रभावित क्षेत्रमै छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित जहाजमा काठमाडौं फर्किने भएका छन्।
प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा पुगेका थिए।
उनका प्रेस संयोजक सूर्य किरण शर्माले सो हेलिकप्टर त्यही छाडेर नेपालगन्ज हुँदै नियमित जहाजमार्फत् फर्किन लागेको जानकारी दिए। नियमित जहाजमा २:३० बजे नेपालगन्जबाट काठमाडौं फर्किन लागेका हुन्।
जाजरकोटको नलगाढबाट सात जना घाइते तथा सात जना घाइतेका कुरुवालाई सुर्खेत पुर्याएर उनी फर्किनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।