काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले भोलि अर्थात् आइतबार बिहानका लागि बैठक बोलाएका हुन्।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको अवस्था र राहत उद्धारका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
उक्त भुकम्पमा परी जाजरकोट र रुकुमपश्चिम पूरै प्रभावित भएको छ। अहिलेसम्म दुई जिल्लाका १३७ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।