काठमाडौं– नेपाली कांग्रेसले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गरेको उल्लेख छ।
साथै कांग्रेसले यस्तो अवस्थामा स्वदेश तथा विदेशमा रहेका सबैलाई खुला हृदयका साथ सहयोग गरी मानवीय सेवाको अभियानमा जुट्न अपिलसमेत गरेको छ।
-1699076140.jpg?timestamp=1699076139438)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।