बर्दिया– बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।
चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउने क्रममा आज बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए।
डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। शव परीक्षणका लागि बर्दिया अस्पताल लगिएको छ।
यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर्गत पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।