काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन जान मन्त्रिपरिषद्ले स्विकृत प्रदान गरेको छ।
पौडेल कात्तिक २२ गते सो तर्फ प्रस्थान गर्ने छन्। पेरिसको कार्यक्रम पछि पौडेल जर्मनी र इटाली जाने कार्यक्रम छ। उनी मंसीर १ गते स्वदेश फर्किने छन्।
पौडेलको भ्रमण्को स्वीकृत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। निर्णय भने शुक्रबार सार्वजनिक भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।