काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्। उनले बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन्।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०७/१६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० कात्तिक १६ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गरेको छु’, राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा भनिएको छ।
संघीय संसद्को यो अधिवेशन गत वैशाख २४ गतेबाट सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।