• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार विस्तारमा ‘अलमल’ गर्दै मुख्यमन्त्री कार्की

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०८०  २०:१७
1140x725

काठमाडौं– संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २८ गते मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारमा ‘अलमल’ गरेका छन्।

केन्द्रीय नेतृत्वको गठबन्धनको खिलाप गएर एमालेका ३९ र कांग्रेसका आफूसहित ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्की त्यसयता विकास भएको राजनीतिक सौदाबाजीका कारण पछि परेका हुन्। 

मुख्यत: उनलाई धाप दिने नेता डा शेखर कोइरालाले असोज २७ गते सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बालुवाटारमा एक लिखित ‘चिर्कटो’मा हस्ताक्षर गरेसँगै कार्की अप्ठ्यारोमा परेका हुन्।

त्यसअघि एमाले र ‘विद्रोही कांग्रेस’बीच बनेको समझादारी चिर्कटो प्रकरणले धरापमा पारिदियो। सो चिर्कटोमा संघमा रहेको मौजुदा गठबन्धनलाई नै कायम राख्ने उल्लेख छ। जसका कारण अब प्रदेशमा एमालेसँगको संगत त्याग्नुपर्ने वा मिलाउनुपर्ने बाध्यतामा छन् कार्की।
 
त्यसपछि पनि ६ सांसद रहेको राप्रपाबाहेक सबै दलबाट विश्वासको मत पाएका कार्कीले त्यसलाई व्यवस्थापन गर्न चुनौती व्यहोर्नुपरेको हो। 

तर, यही बीचमा एमालेले तत्काल सर्वपक्षीय सरकारको पक्षमा आफू नरहेको बताइसकेको छ। तसर्थ, कार्की एमालेसँग सम्बन्ध तोड्ने कि नेता कोइरालाको चिर्कटोको हस्ताक्षरको खिलापमा जाने भन्ने सकसपूर्ण अवस्थामा रहेको उनी निकट एक नेता बताउँछन्। तर, यो संशयबाट उनी कसरी बाहिर आउलान् त्यो निकट समयले बताउँछ।

कार्की नेतृत्वको सरकारमा एमालेबाट बिनाविभागिय मन्त्री रहेका रामबहादुर मगर शपथ ग्रहणपछि मुख्यमन्त्रीसँग भेट नभएकोले विश्वासको संकट पलाएको बताउँछन्। 

‘शपथ ग्रहणपछि एकपटक पनि मन्त्रिपरिषद् बैठक बसेको छैन। मुख्यमन्त्रीसँग सोमबार एक चरणको संवादसम्म भएको छ। र मंगलबार पनि साँझतिर छलफलमा बस्ने भन्ने छ,’ उनी भन्छन्, ‘मूलतः उहाँ त्यति सकारत्मक पनि हुनुहुन्न नकारात्मक नै पनि देख्दिनँ।’

यता, कांग्रेस सचेतक भूपेन्द्र राई आफ्नै पार्टीको मुख्यमन्त्री भए पनि सरकार गठन, विस्तारको बारेमा प्रदेशको नेतृत्व जानकार नरहेको बताउँछन्।  ‘सुनेसम्म प्रदेश सभापतिसँग मुख्यमन्त्रीको छलफल भयो रे। तर उहाँले केन्द्रीय सभापतिसँग सबै विषयको छलफल गर्नुभएको होला। प्रदेश तहमा छलफल, संवाद छैन,’ नेपाल लाईभसँग कुरा गर्दै उनी भन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश सभापति उद्धव थापा पनि यसअघिको संवादहीनता तोडिएको बताउँछन्। गुट राजनीतिका कारण कार्की र थापाबीच तिक्तता रहँदै आएको थियो।

‘हामीले छलफल प्रारम्भ गरिसकेका छौं। सरकार गठन जस्तो विषय तत्काल टुंगिने विषय पनि होइन। गठबन्धनको कुरा छ। एमालेलाई व्यवस्थापन गर्नुपर्ने छ। निष्कर्षमा पुग्न समय लाग्छ नै,’ थापा भन्छन्। 

मुख्ममन्त्री निकटका सांसद भने कार्कीले छलफल गरिरहेकोले छिट्टै सरकारले पूर्णता पाउने बताउँछन्।यो बीचमा चाडबाड पनि परेकोले सो विषयमा छलफलहरु कम भएको ती नेता दाबी गर्छन्। 

‘छलफलले तीव्रता पाएको छ। संसद्‌बाट पाएको विश्वासको मतलाई कदर गर्नु पनि छ। धेरै दलहरुलाई मिलाउनु छ। त्यसैले समय लिएको हो। बीचमा चाडबाडले पनि हो। हल्ला भएजस्तो आलटाल होइन,’ सांसदसमेत रहेका ती नेताले बताए।

कार्कीलाई विश्वासको मत दिएका संघीय गठबन्धनका साझेदार दलसमेत रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग भने उनले संवाद नगरेको सो दलका नेताहरु बताउँछन्।

‘अनौपचारिक छलफलहरु भएका छन्,’ ती दलका नेताहरु भन्छन्, ‘तर प्रदेश तहमा कुनै ठोस छलफल भएको छैन।’

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा
पहिरोले कान्तिलोकपथ अवरुद्ध
रास्वपाको सचिवालय बैठक बस्दै
सम्बन्धित सामग्री
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सो कुरा बताएका हुन् । आइतबार, वैशाख २०, २०८३
रास्वपाको सचिवालय बैठक बस्दै दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो । आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्... आइतबार, वैशाख २०, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो आइतबार, वैशाख २०, २०८३
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ आइतबार, वैशाख २०, २०८३
इरानले गलत व्यवहार गरे पुन: आक्रमण गर्ने ट्रम्पको चेतावनी आइतबार, वैशाख २०, २०८३
तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
यस्तो छ नेकपाको राष्ट्रिय एकता महाधिवेशनको कार्यतालिका शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्