काठमाडौं– नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्।
झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार खनाललाई सोमबार पक्राउ गरिएको थियो।
उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्र लेखेको थियो।
उक्त पत्रका आधारमा खनाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रायले जानकारी दिए।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।