काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा तीन काम गर्न सके सुनमा सुगन्ध हुने बताएका छन्।
‘उहाँको भ्रमणबाट लामो समयसम्म अल्झिरहेको नेपालको शान्तिप्रक्रिया छिटो टुंग्याउन अन्तर्राष्ट्रिय समुदायको सद्भाव, हिमाली क्षेत्रको बिग्रदो वातावरणीय समस्यप्रति चासो र नेपालको दिगो विकासनिम्ति अन्तर्राष्ट्रिय सहयोग अभिबृद्धि हुन सके सुनमा सुगन्ध हुनेछ’, भट्टराईले फेसबुकमा लेखेका छन्।
भट्टराईले गुटरेस पोर्चुगलको समाजवादी पार्टीको नेता, त्यहाँका पूर्वप्रधानमन्त्री र पेशागत शिक्षाले इन्जिनियर पनि भएकाले नेपाल समाजवादी पार्टी र व्यक्तिगत रूपमा हाम्रो तर्फबाट विशेष स्वागत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।