• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संक्रमणकालीन न्याय :

यूएन महासचिव गुटेरेसको भ्रमणमा टुंगिएलान् त टीआरसी विधेयकका विवादित बुँदा 

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ९, २०८०  १९:१४
1140x725

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ गते नेपाल आउँदै छन्। उनको भ्रमण कार्यतालिका दशैंअघि बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो। सरकारले स्वीकृत गरेको भ्रमण तालिका अनुसार उनले कात्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम  रहेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। गुटेरेसले कात्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणका गर्दैछन्।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए। उनको नेपाल भ्रमणको मुख्य अजेण्डामध्ये एउटा हो संक्रमणकालीन न्याय।

नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वको समयमा भएको मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरुमाथि सत्य तथ्य छानबिन गरी कारबाहीका लागि आयोग बनाउने विस्तृत शान्ति सम्झौतामा उल्लेख थियो। उक्त सम्झौता अनुसार आयोग गठन त भयो तर ऐन प्रयाप्त नभएको भन्दै सर्वोच्च अदालतले २०७० सालका केही बुँदा बदर गर्ने फैसला सुनायो।

उक्त फैसला सुनाएको १० वर्ष हुँदा पनि ऐन संशोधन हुन सकेको छैन। सरकारले ऐन संशोधनका लागि विधेयक मस्यौदा गरेर संसद्‌मा प्रक्रिया अघि बढाएको छ। सरकारले दर्ता गराएको विधेयक संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको उप समितिमा पठाएको थियो।

उप समितिले केही बुँदाहरुमा सहमति जुटाउन बाँकी राखेर मूल समितिमा फर्काएको छ। दशैंअघि उप समितिले समितिमा विधेयकको प्रतिवेदन बुझाएको थियो। उप समितिले चार बुँदालाई मिल्न बाँकी र शीर्ष तहवाट मिलाउनुपर्ने भन्दै बाँकी राखेर प्रतिवेदन समितिलाई बुझाएको थियो।

दशैंअघि नै उप समितिले समितिमा प्रतिवेदन बुझाए पनि छलफलको मिति भने तोकिएको छैन। समितिले पास गरेपछि उक्त विधेयक प्रतिनिधि सभामा पेस गर्नुपर्छ। त्यसअघि शीर्ष तहमा सहमति गर्नुपर्ने उप समितिको प्रतिवेदनमा भएकाले शीर्ष तहमा छलफल हुनुपर्ने देखिन्छ। शीर्ष तहमा छलफल गर्नुपर्ने भएकाले समितिले उक्त विधेयकमा छलफल गर्ने मिति नतोकेको हो।

समितिले अनौपचारिक रुपमा शीर्ष नेताहरुकाबीचमा छलफल गरेरमात्र समितिमा छलफलको मिति राख्ने तयारी गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक एवं कानुन न्याय तथा मानव अधिकार समितिका सदस्य रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि अब समितिमा छलफल सुरु हुने बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘उप समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। त्यहाँ भएका छलफल र सहमतिलाई टेकेर समितिमा छलफल हुन्छ,’ लेखकले भने, ‘समितिमा रहेको सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित भएको छ। अबको वैठकमा टीआरसी विधेयक पेस भएर छलफल हुन्छ।’

टीआरसी विधेयकमाथि तिहारपछि छलफल हुने उनले बताए। उप समितिले टुंग्याउन बाँकी विषयमा समितिमा छलफल हुने र सहमतिमा पुग्ने लेखकले बताए। ‘चार विषय सहमति हुनुपर्ने भनिए पनि मुख्य रुपमा दुई विषयमा सहमति खोज्नुपर्ने देखिन्छ,’ लेखकले भने, ‘उक्त कुरा पनि केही छलफल भएपछि सहमति खोज्न सकिन्छ। लामो समयदेखि यो प्रक्रिया अलपत्र भएका कारण अब टुंग्याउनुपर्छ।’

पछिल्लो समय उक्त विधेयकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो दिएर अघि बढाउन आग्रह गर्दै आएका छन्। संयुक्त राष्ट्र संघको महासभामा भाग लिँदा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिट्टै सकिने बताएका थिए।

त्यस्तै संयुक्त राष्ट्रसंघबाट उच्च तहको भ्रमणको तयारी भएपछि उक्त विधेयक बजेट अधिवेशनमा पेस गर्ने प्रधानमन्त्रीको तयारी थियो। संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आउने भने पनि उनको भ्रमण अन्तिम समयमा स्थगित भएसँगै यो विधेयक रोकिएको थियो। तर उनको नेपाल भ्रमण फेरि हुन लागेको र संक्रमणकालीन न्यायको विषयलाई उनले आफ्नो भ्रमणको क्रममा उठाउने भएकाले सरकारले त्यसअघि विधेयकको बारेमा टुंगो लगाउने तयारी गरेको छ।

उनलाई विश्वासयोग्य जवाफ दिनका लागि पनि विधेयकमा केही ठोस सहमति शीर्ष तहमा गर्ने सरकारको तयारी छ। उप समितिले चार विषयलाई थाती राख्दै अन्य विषयमा सहमति गर्दै प्रतिवेदन बुझाएको थियो। कानुन न्याय तथा मानवअधिकार समितिले ५ जेठमा ११ सदस्य उप समिति बनाएको थियो।

उप समितिले करिब चार महिना लगाएर एउटा प्रतिवेदन निर्माण गरेको थियो। त्यसमा पनि विवाद देखिएका मुख्य विषय बाँकी नै रहेको देखिन्छ। सहमती हुन बाँकी बुँदाहरुमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले पहल लिनुपर्ने देखिन्छ। प्रमुख प्रतिपक्ष नेकपा एमाले र सत्ता पक्ष नेपाली कांग्रेससहितका दलहरुसँग छलफल गरेर विधेयक अर्को अधिवेशनमा पेस गर्नका लागि शीर्ष तहमा औपचारिक र अनौपचारिक छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ।

शीर्ष तहमै सहमति भएपछि समितिमा छलफल हुँदै विधेयक पास हुने छ। विधेयक समितिबाट पारित भएपछि संसद्‌मा जाने छ। संसद्को दुवै सदनले पास गर्दै ऐनको रुप ग्रहण गर्ने छ।

विधेयकले ऐनको रुप लिएसगै सरकारले आयोगमा पदाधिकारी नियुक्त गर्ने छ। यो सँगै निष्क्रिय रहेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले काम थाल्ने छ।

उप समितिले बुझाएको प्रतिवेदनमा मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारीरुपमा क्रूरतापूर्वक आर्बीट्ररी गरिएको हत्या वा दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा थप छलफल गर्ने भनेको छ।

यस्तै सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा, मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने बारेमा र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषयमा समितिमा थप छलफल गर्नुपर्ने सुझाव दिइएको छ।

टीआरसी विधेयकमाथि सहमतिका लागि गत जेठ ५ गते २१ दिनको समय दिएर गठन भएको उपसमितिले पटक पटक म्याद थप्दै छलफल गरेको थियो।

यी हुन मिल्न बाँकी बुँदा 
१) मानव अधिकारको गम्भीर उल्ल्घंनमा समावेश गरिएको स्वेच्छाचारीरुपमा क्रुरतापूर्वक गरिएको हत्या/दोहोरो भिडन्त बाहेक गरिएको हत्या मध्ये कुनलाई समावेश गर्ने?
२) सशस्त्र द्वन्द्वको क्रममा जोडिएको र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने? 
३) मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने? 
४) घटी सजायका सम्वन्धनमा अधार र कारण खुलाएर सजाय कम गर्ने सकिने व्यवस्था गर्ने वा शतप्रतिशत नै तोकेर जाने?

टीआरसी अर्को अधिवेशनमा पेस गरिने
विधेयकमा अब हतारो नभएकाले अर्को अधिवेशनमा पेस गरिने समितिका एक सदस्यले बताए। शीर्ष नेताहरुसँगको छलफल र समितिले अन्य सरोकारवालासँग पनि छलफल गर्दै अन्तिम प्रतिवेदन निर्माण गरेर संसद्‌मा पठाउने ती सदस्यले बताए।

‘अहिले उप समितिको प्रतिवेदन मात्र आएकाले विधेयक अर्को अधिवेशनमा पेस हुन्छ,’ नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले भने, ‘संसद्को वर्खे अधिवेशन (बजेट) अब सकिँदै छ। तिहारपछि विधेयक पास भएर समितिबाट संसद्‌मा जान्छ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति
सम्बन्धित सामग्री
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले जेठ २१ गते भित्र अनिवार्य... शुक्रबार, जेठ १, २०८३
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोज... शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै साम्पाङले ४ वटा मुख्य कारण अघि सार्दै राजीनामा मागेका हुन्... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने शुक्रबार, जेठ १, २०८३
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै शुक्रबार, जेठ १, २०८३
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्