काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको टोली शुक्रबार चीन जाने भएको छ। प्रधानन्यायाधीश श्रेष्ठसँगै न्यायाधीश आनन्दमोहन भट्टराई र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहितको टोली शुक्रबार चीन जान लागेको हो।
चिनियाँ सर्वोच्च अदालतका प्रधानन्यायाधीशको निम्तोमा प्रधानन्यायाधीशसहितको टोली चीन जान लागेको हो। उनीहरु शुक्रबार प्रस्थान गर्नेछन भने करिब एक साता भ्रमणमा रहने छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको बेल्ट एन्ड रोड (बिआरआई) को सम्मेलनमा भाग लिएर फर्केका छन्।
यद्यपी मन्त्री नारायणकाजी मुटुमा समस्या आएपछि बेइजिङमा उपचार गरेर फर्केका हुन्।
पछिल्लो समय नेपालबाट चीनमा उच्च तहको भ्रमण बाक्लिएको छ। असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाडको उद्घाटन समारोहमा सहभागी हुन चीन गएका थिए।
आठ दिन चीनमा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति सी चिनफिङ, चीनका प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटघाटका साथै कैलाश मानसरोवरसहित चीनका विभिन्न स्थानको भ्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।