• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अवैध ढंगबाट निर्वाध चिनी आयात, नाममात्रैको सुपथ मूल्य पसल

64x64
शेरबहादुर ऐर शनिबार, कात्तिक ४, २०८०  १७:००
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशमा बर्सेनि ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्रिने गरेको पाइएको छ। 

कैलाली भन्सार कार्यालयका अनुसार वार्षिक हजारौं टन चिनी अवैध रूपमा भित्रिइरहेको छ। सामान्यतयाः एकजनाले एक वर्षमा छ किलो चिनी उपभोग गर्छन्। यस आधारमा सुदूरपश्चिम प्रदेशमा वार्षिक २० हजार मेट्रिकटन बढी चिनीको आवश्यकता पर्दछ।

कैलाली भन्सार कार्यालयका अनुसार कानुनी रुपमा विगत दुई वर्षयता नाकाबाट चिनी आयात भएको छैन। भन्सारबाट चिनी आयात नभए पनि बजारमा छ्यापछ्याप्ती चिनी बिक्री भइरहेको छ। तर, सरकारद्वारा सञ्चालित सुपथ मूल्यको पसलमा भने चिनी छैन। 

सुदूरपश्चिममा रहेको दुई वटा चिनी मिलबाट वार्षिक पाँच हजार टन चिनी उत्पादन भइरहेको छ। आन्तरिक आपूर्ति तथा आयातबाट आपूर्ति हुने चिनीको परिमाण र मागको तुलना गर्दा वार्षिक झण्डै आठदेखि नौ हजार मेट्रिक टन चिनी अवैध रूपमा पैठारी भइरहेको भन्सारको तथ्यांकमा रहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी वितरण शाखाका अनुसार सुदूरपश्चिम प्रदेशको मागको ठूलो हिस्सा अवैध रूपमा भित्रिने चिनीले धान्ने गरेको छ। वैध रूपमा आयातित चिनीको मूल्य अहिलेको बजार मूल्यभन्दा बढी हुने बताइन्छ। स्रोतका अनुसार धनगढीका सातआठ वटा व्यापारिक फर्मले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्र्याउने गरेका छन्। 

धनगढीमा अहिले चिनीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको छ। भारतको गौरीफन्टा बजारबाट भरियामार्फत् अवैध रूपमा भित्र्याइने चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँ पर्ने गर्दछ। सो मूल्यमा खरिद गरेर ल्याइएको चिनी होलसेल पसललाई ८५ रुपैयाँका दरले तथा होलसेल पसलले खुद्रा पसललाई प्रतिकिलो ९० रुपैयाँका दरले बिक्री गर्ने गरेको पाइएको छ। खुद्रा पसलले ग्राहकलाई प्रतिकिलो ९५ रुपैयाँका दरले बिक्री गरिरहेका छन्।

अवैध रूपमा ठूलो परिमाणमा चिनी भित्रिने गर्दा कैलालीमा सरकारको राजश्व संकलनमा पनि प्रभाव परेको छ। साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार अहिलेसम्म सरकारले चिनी आयात नगर्दा सुपथ मूल्यको पसलमा चिनी अभाव छ।
 
दशैं–तिहार तथा छठ जस्ता ठूला पर्वमा उपभोक्ताले चिनी, नुन, खाद्यान्न लगायत वस्तुको प्रयोग बढी गर्छन्। तर, सरकारले सञ्चालन गरेको सुपथ मूल्यको पसलमा चिनी नपाउँदा उपभोक्ताहरु निजी पसल तथा भारतीय बजारमा खरिद गर्न जान बाध्य छन्। धनगढीमा रहेका सुपर मार्केट चौलानी, भाटभटेनी लगायतले सरकारभन्दा सहुलियत दरमा चिनी दिने गरेका कारण सो प्रति स्थानीयको आकर्षण रहे पनि अहिले भारतीय बजार नै प्राथमिकतामा छ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदा पनि चिनी नपाउँदा आकर्षण घटेको छ। धनगढी १ की मेनुका जागरी शुक्रबार चिनी किन्न धनगढीको सहुलियत पसल गए पनि चिनी नपाएको बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सुपथ मूल्य पसलमा चिनी नपाउँदा निजी पसलमा महंगोमा खरिद गर्नुपरेको धनगढी ५ जाँइका राधिका ओलीले बताइन्। उनले चाडपर्वका समय चिनी धेरै चाहिने भए पनि तर, सुपत मूल्य पसलमा नराख्दा बाहिरबाट खरिद गर्नुपरेको बताइन्। ‘अरु खाद्यान्न पाइन्छ तर, चिनी पाइँदैन, यसले सुपथ पसल नाममात्रैको भएको छ’ उनले भनिन्।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले सुपथ मूल्यको पसलमा अन्य खाद्यन्न सामग्री भए पनि चिनी नआएको बताए। विगत ३ वर्षदेखि केन्द्रबाट नै चिनी नपठाएको उनले बताए।
 
‘अहिले हामी सँग चिनी छैन। यसरी भन्नुपर्दा सुदूरपश्चिम र तराईका जिल्लामा चिनी नै आएको छैन’, उनले भने, ‘हाम्रो यता यो वर्ष गरेर तेस्रो पटक हो। चिनी आयात भएको छैन।,’ उनले अहिले काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा चिनी नआएको बताए।
 
उनले भने,  ‘टेन्डर प्रक्रिया आयातका लागि केन्द्रले नै गर्ने हो। तर त्यो अहिले प्रक्रियामै छ। केन्द्रले नै नपठाउँदा यहाँ पनि समस्या भएको हो।’ कार्यालयले चाडपर्व लक्षित गरी नुन, तेल चिउरा, दाल सुपथ मूल्य पसलमा रु दुईदेखि रु सातसम्म छुट दिएर बिक्री गर्दै आएको कार्यालयका सहायक प्रवन्धक कुँवरले बताए। उनले सुदूरपश्चिममा कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटीको दीपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए।

सरकारले उखु उत्पादनमा ध्यान दिन सकेनः व्यवसायी
कञ्चनपुरमा भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिज सञ्चालन गरिरहेका उद्योगी शंकर बोगटीले उखु उत्पादनमा गिरावट आउँदा देशभरीमै चिनी माग अनुसार पूर्ति हुन नसकेको बताए। 

उनले वार्षिक १३ लाख मेट्रिक टन चिनी उत्पादन गर्न सक्ने क्षमता भए पनि उखु नपाउँदा सो अनुसार काम हुन नसकेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले सुदूरपश्चिम प्रदेशमा दुई वटा चिनी मिल भए पनि भारतीय बजारका चिनीले बजार पाइरहेको बताए। उनले भने, ‘हामीले उत्पादन गरेको चिनी यहाँका व्यवसायी तथा उपभोक्ताहरुले नलग्दा अन्यत्र पठाउनुपरेको छ। सरकारले हामीले उत्पादन गरेको चिनी खरिदमा पनि ध्यान दिँदैन।’

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामा... मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्