• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन २५, २०८३ Mon, Aug 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अवैध ढंगबाट निर्वाध चिनी आयात, नाममात्रैको सुपथ मूल्य पसल

64x64
शेरबहादुर ऐर शनिबार, कात्तिक ४, २०८०  १७:००
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशमा बर्सेनि ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्रिने गरेको पाइएको छ। 

कैलाली भन्सार कार्यालयका अनुसार वार्षिक हजारौं टन चिनी अवैध रूपमा भित्रिइरहेको छ। सामान्यतयाः एकजनाले एक वर्षमा छ किलो चिनी उपभोग गर्छन्। यस आधारमा सुदूरपश्चिम प्रदेशमा वार्षिक २० हजार मेट्रिकटन बढी चिनीको आवश्यकता पर्दछ।

कैलाली भन्सार कार्यालयका अनुसार कानुनी रुपमा विगत दुई वर्षयता नाकाबाट चिनी आयात भएको छैन। भन्सारबाट चिनी आयात नभए पनि बजारमा छ्यापछ्याप्ती चिनी बिक्री भइरहेको छ। तर, सरकारद्वारा सञ्चालित सुपथ मूल्यको पसलमा भने चिनी छैन। 

सुदूरपश्चिममा रहेको दुई वटा चिनी मिलबाट वार्षिक पाँच हजार टन चिनी उत्पादन भइरहेको छ। आन्तरिक आपूर्ति तथा आयातबाट आपूर्ति हुने चिनीको परिमाण र मागको तुलना गर्दा वार्षिक झण्डै आठदेखि नौ हजार मेट्रिक टन चिनी अवैध रूपमा पैठारी भइरहेको भन्सारको तथ्यांकमा रहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी वितरण शाखाका अनुसार सुदूरपश्चिम प्रदेशको मागको ठूलो हिस्सा अवैध रूपमा भित्रिने चिनीले धान्ने गरेको छ। वैध रूपमा आयातित चिनीको मूल्य अहिलेको बजार मूल्यभन्दा बढी हुने बताइन्छ। स्रोतका अनुसार धनगढीका सातआठ वटा व्यापारिक फर्मले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्र्याउने गरेका छन्। 

धनगढीमा अहिले चिनीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको छ। भारतको गौरीफन्टा बजारबाट भरियामार्फत् अवैध रूपमा भित्र्याइने चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँ पर्ने गर्दछ। सो मूल्यमा खरिद गरेर ल्याइएको चिनी होलसेल पसललाई ८५ रुपैयाँका दरले तथा होलसेल पसलले खुद्रा पसललाई प्रतिकिलो ९० रुपैयाँका दरले बिक्री गर्ने गरेको पाइएको छ। खुद्रा पसलले ग्राहकलाई प्रतिकिलो ९५ रुपैयाँका दरले बिक्री गरिरहेका छन्।

अवैध रूपमा ठूलो परिमाणमा चिनी भित्रिने गर्दा कैलालीमा सरकारको राजश्व संकलनमा पनि प्रभाव परेको छ। साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार अहिलेसम्म सरकारले चिनी आयात नगर्दा सुपथ मूल्यको पसलमा चिनी अभाव छ।
 
दशैं–तिहार तथा छठ जस्ता ठूला पर्वमा उपभोक्ताले चिनी, नुन, खाद्यान्न लगायत वस्तुको प्रयोग बढी गर्छन्। तर, सरकारले सञ्चालन गरेको सुपथ मूल्यको पसलमा चिनी नपाउँदा उपभोक्ताहरु निजी पसल तथा भारतीय बजारमा खरिद गर्न जान बाध्य छन्। धनगढीमा रहेका सुपर मार्केट चौलानी, भाटभटेनी लगायतले सरकारभन्दा सहुलियत दरमा चिनी दिने गरेका कारण सो प्रति स्थानीयको आकर्षण रहे पनि अहिले भारतीय बजार नै प्राथमिकतामा छ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदा पनि चिनी नपाउँदा आकर्षण घटेको छ। धनगढी १ की मेनुका जागरी शुक्रबार चिनी किन्न धनगढीको सहुलियत पसल गए पनि चिनी नपाएको बताइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सुपथ मूल्य पसलमा चिनी नपाउँदा निजी पसलमा महंगोमा खरिद गर्नुपरेको धनगढी ५ जाँइका राधिका ओलीले बताइन्। उनले चाडपर्वका समय चिनी धेरै चाहिने भए पनि तर, सुपत मूल्य पसलमा नराख्दा बाहिरबाट खरिद गर्नुपरेको बताइन्। ‘अरु खाद्यान्न पाइन्छ तर, चिनी पाइँदैन, यसले सुपथ पसल नाममात्रैको भएको छ’ उनले भनिन्।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले सुपथ मूल्यको पसलमा अन्य खाद्यन्न सामग्री भए पनि चिनी नआएको बताए। विगत ३ वर्षदेखि केन्द्रबाट नै चिनी नपठाएको उनले बताए।
 
‘अहिले हामी सँग चिनी छैन। यसरी भन्नुपर्दा सुदूरपश्चिम र तराईका जिल्लामा चिनी नै आएको छैन’, उनले भने, ‘हाम्रो यता यो वर्ष गरेर तेस्रो पटक हो। चिनी आयात भएको छैन।,’ उनले अहिले काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा चिनी नआएको बताए।
 
उनले भने,  ‘टेन्डर प्रक्रिया आयातका लागि केन्द्रले नै गर्ने हो। तर त्यो अहिले प्रक्रियामै छ। केन्द्रले नै नपठाउँदा यहाँ पनि समस्या भएको हो।’ कार्यालयले चाडपर्व लक्षित गरी नुन, तेल चिउरा, दाल सुपथ मूल्य पसलमा रु दुईदेखि रु सातसम्म छुट दिएर बिक्री गर्दै आएको कार्यालयका सहायक प्रवन्धक कुँवरले बताए। उनले सुदूरपश्चिममा कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटीको दीपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए।

सरकारले उखु उत्पादनमा ध्यान दिन सकेनः व्यवसायी
कञ्चनपुरमा भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिज सञ्चालन गरिरहेका उद्योगी शंकर बोगटीले उखु उत्पादनमा गिरावट आउँदा देशभरीमै चिनी माग अनुसार पूर्ति हुन नसकेको बताए। 

उनले वार्षिक १३ लाख मेट्रिक टन चिनी उत्पादन गर्न सक्ने क्षमता भए पनि उखु नपाउँदा सो अनुसार काम हुन नसकेको बताए।

उनले सुदूरपश्चिम प्रदेशमा दुई वटा चिनी मिल भए पनि भारतीय बजारका चिनीले बजार पाइरहेको बताए। उनले भने, ‘हामीले उत्पादन गरेको चिनी यहाँका व्यवसायी तथा उपभोक्ताहरुले नलग्दा अन्यत्र पठाउनुपरेको छ। सरकारले हामीले उत्पादन गरेको चिनी खरिदमा पनि ध्यान दिँदैन।’

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निजी क्षेत्रलाई अर्थमन्त्रीको आश्वासन– हामी साझेदारका रुपमा हेर्छौं, शंकाले होइन! ‘हामीले यस वर्षको बजेटमार्फत एउटा स्पष्ट सन्देश दिएका छौँ। सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ। हा... सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ सयले घटेको छ। सोमबार, साउन २५, २०८३
अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ, अस्ट्रेलियन र युरोको कति? अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
नेपाली क्रिकेटको कप्तानीमा फर्किए सन्दीपको, एसीसीसी प्रिमियर कपका लागि टोली घोषणा सोमबार, साउन २५, २०८३
गगन लक्षित शशंकको टिप्पणी– अरुलाई कुरुप देखेर आफू सुन्दर भइँदैन सोमबार, साउन २५, २०८३
बाँदर र बँदेल नियन्त्रणबारे प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता सोमबार, साउन २५, २०८३
युवा मन्त्रालय खारेज भएको छैन : मन्त्री यादव सोमबार, साउन २५, २०८३
नेपाल स्काउटका संरचना विघटन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ? आइतबार, साउन २४, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्