मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको दाबी गरेका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा रकार निर्माण गरिएको बताए।
उनले कोशी प्रदेश सरकार गठनबाट संघीय र बागमती सरकारलाई कुनै असर नपर्ने बताए।
कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी दिए।
उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुनु संवैधानिक त्रुटि भएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।