क्योटो- स्ट्राइकर लिओनल मेसीको ह्याट्रिकका कारण अर्जेन्टिनाले विश्वकपको टिकट पक्का गरेको छ। आज बिहान भएको विश्वकप छनोटमा इक्वेइडर ३-१ ले पराजित भयो।
खेलमा सुरुवाती अग्रता भने घरेलु टिम इक्वेइडरले लियो। रामारियो इबाराले पहिलो मिनेटमा गोल गरेपछि अर्जेन्टिना सुरुवातमै दबाब पर्योर। तर स्टार खेलाडी मेसीले अर्जेन्टिनाको कमान्ड सम्हाले। मेसीले ११ मिनेटमा बराबरी गोल गरेर अर्जेन्टिनालाई खेलमा फर्काए। १८ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले खेलमा २–१ को अग्रता लियो। ६२ मिनेटमा मेसीले ह्याट्रिक पूरा गरेपछि अर्जेन्टिना जिततर्फ अगाडि बढेको थियो।
यसरी गरेका थिए मेसीले ३ गोल-
सम्बन्धित समाचार: मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिना विश्वकपमा छानियो, उरुग्वे र कोलम्बिया पनि छनोट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।