काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार असोज २४ गते र आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिइन्।
यसैगरी, बैठकले असोज २७ गते भएको मनाङ एअरको विमान दुर्घटनाको जाँचबुझ गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) गठन भएको समितिलाई कार्यादेश दिने निर्णय भएको उनले बताइन्।
असार १२ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार मनाङएअरको ९ एन–एएमभि कलसाइन रहेको हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन पेस गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली २०७१ को नियम १० बमोजिम गठन भएको समितिलाई मनाङ एअरको २०८० असोज २७ मा भएको दुर्घटना एन–एएनजेको समेत जाँचबुझ गर्न कार्यादेश दिने निर्णय भएको छ।
मन्त्रिपरिषद्का निर्णयहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।