काठमाडौं– अकस्मात स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।
मंगलबार साँझ असहज महसुस गरेपछि उनलाई थापथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
छातीमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। छातिमा समस्या देखिएकाले आवश्यक जाँच गरिरहेको डा शिवजी सिलवालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।