• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

६ वर्ष नपुग्दै प्रदेशमा २८ मुख्यमन्त्री नियुक्त, सबैभन्दा धेरै कोशीमा

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १०, २०८०  ०८:४५
1140x725

काठमाडौं- गत असोज २७ गते कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भए- केदार कार्की। सो प्रदेशमा मध्यावधि निर्वाचन हुने हो कि भन्ने आशंकाबीच कार्कीले एमालेका ३९ जना सांसद र कांग्रेसका आठ सांसदको समर्थनमा दाबी पेश गरेका थिए।

२०७९ मा सम्पन्न निर्वाचनबाट गठित प्रदेश सभामा कार्की पाँचौँ मुख्यमन्त्री हुन्। समग्रमा कोशीका आठौं मुख्यमन्त्री हुन्।

२०७४ देखि सुरु भएको प्रादेशिक अभ्यासका क्रममा सबैभन्दा अस्थिर प्रदेश देखिएको छ, कोशी। तर अन्य प्रदेशहरूमा पनि स्थिर सरकार भने बनेको देखिँदैन। यस सामग्रीमा कुन प्रदेशमा केकति मुख्यमन्त्री परिवर्तन भए भनेर चर्चा गरिन्छः

कोशी प्रदेश (८ मुख्यमन्त्री)
कोशी प्रदेश सभाको पहिलो कार्यकालमा तीन जना मुख्यमन्त्री नियुक्त भएका थिए। सुरुवातमा एमालेका शेरधन राई मुख्यमन्त्री भएका थिए। उनले एमालेकै भीम आचार्यका निम्ति पद त्याग गरेका थिए। तर एमाले विभाजनपछि उनलाई एकीकृत समाजवादीका राजेन्द्र राईले विस्थापित गरेका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि यो प्रदेशमा सत्ताको झिनाझम्टी चलिरहेको छ। सुरुवातमा एमाले र माओवादी गठबन्धनको तर्फबाट एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। तर सो गठबन्धन भत्किएपछि उनी सत्ताबाहिर पुगे। त्यसपछि दुई पटक कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भए। उनलाई पुनः कार्कीले नै विस्थापन गरे। कार्कीले राजीनामा दिएपछि कोशीमा केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्।

मधेश प्रदेश (२ मुख्यमन्त्री)
मधेश प्रदेशले हालसम्म दुई वटा मुख्यमन्त्री मात्रै पाएको छ। प्रदेश सभाको पहिलो कार्यकालमा लालबाबु राउत मुख्यमन्त्री बनेका थिए। उनी पाँचै वर्ष पदमा रहिरहे। यद्यपि, गठबन्धनका अन्य दलमा पनि परिवर्तन आइरह्यो।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन्।

बागमती प्रदेश (४ मुख्यमन्त्री)
बागमती प्रदेश सभाको पहिलो कार्यकालमा यो प्रदेशमा तीन जना मुख्यमन्त्री नियुक्त भए। सुरुवातमा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनको पार्टी एमाले विभाजित हुने निश्चित भएसँगै पौडेलले अष्टलक्ष्मी शाक्यलाई हस्तान्तरण गरेका थिए। शाक्य मुख्यमन्त्री रहेकै स्थितिमा एमालेको विभाजन भयो। एमाले विभाजन भएर गठन भएको दल एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले शाक्यलाई विस्थापन गरे।

nimb
nimb
Ncell 2
Ncell 2

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि माओवादी केन्द्रका शालिकराज जम्कट्टेल मुख्यमन्त्री भएका छन्।

गण्डकी प्रदेश (३ मुख्यमन्त्री)
प्रदेश सभाको पहिलो कार्यकालमा गण्डकी प्रदेशले पनि तीन वटा मुख्यमन्त्री पायो। त्यतिबेला एमालेका पृथ्वीसुब्बा गुरुङ दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल एक पटक मुख्यमन्त्री बनेका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि पनि यो प्रदेशले दुई जना मुख्यमन्त्री पाइसकेको छ। सुरुवातमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। तर, एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन भत्किएपछि कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन्।

लुम्बिनी प्रदेश (५ मुख्यमन्त्री)
लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालमा तीन जना मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला एमालेका शंकर पोखरेल दुई पटक र माओवादी केन्द्रका कुलप्रसाद केसी एक पटक मुख्यमन्त्री नियुक्त भएका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि पनि दुई मुख्यमन्त्री नियुक्त भइसकेका छन्। सुरुवातमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनबाट एमालेका लीला गिरी मुख्यमन्त्री बनेका थिए। तर सो गठबन्धन भत्किएपछि कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बनेका छन्।

कर्णाली प्रदेश (३ मुख्यमन्त्री)
कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा दुई मुख्यमन्त्री नियुक्त भएका थिए। सुरुवातमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए। पछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बने।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन्।

सुदूरपश्चिम प्रदेश (३ मुख्यमन्त्री)
सुदूरपश्चिम प्रदेशको पहिलो कार्यकालमा एक जना मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए- माओवादी केन्द्रका त्रिलोचन भट्ट। त्यतिबेला मधेश प्रदेशका लालबाबु राउत र यस प्रदेशका भट्ट मात्रै पूरा कार्यकाल मुख्यमन्त्री भएका थिए। तर दुवै प्रदेशमा सत्ता साझेदार दलहरू भने परिवर्तन भएका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि भने दुई जना मुख्यमन्त्री नियुक्त भइसकेका छन्। सुरुवातमा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनले संविधानअनुसार तीस दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत लिन सकेनन् र पदमुक्त भएका थिए। उनीपछि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति
सम्बन्धित सामग्री
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले जेठ २१ गते भित्र अनिवार्य... शुक्रबार, जेठ १, २०८३
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोज... शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै साम्पाङले ४ वटा मुख्य कारण अघि सार्दै राजीनामा मागेका हुन्... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने शुक्रबार, जेठ १, २०८३
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै शुक्रबार, जेठ १, २०८३
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्