काठमाडौं– नेकपा एमालेको समर्थनबाट कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्की बधाई ग्रहण गर्न डा शेखर कोइरालाको निवासमा पुगेका छन्।
शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्की शनिबार अपरान्ह कांग्रेस नेता कोइरालाको टोखास्थित निवास पुगेका हुन्।
कोइरालाले बधाई दिँदै कार्कीलाई सफल कार्यकालको शुभकामना दिएका छन्। गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कोइराला पक्षका कार्कीले एमालेको समर्थनसहित बहुमत सदस्यको हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
उनले आइतबार शपथ ग्रहण गर्ने कार्यसूची रहेको छ। कार्की मु्ख्यमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले शनिबार संसदीय दलको नेताबाट राजीनामा दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।